घच-घचाउनपर्ने जिन्दगी !

  • समाचार यात्रा
  • १ साल अघि
  • 342 जनाले पढ़िसके

उत्सव ढकाल :

जीवनको अर्थ के हो भन्दै गर्दा यकिन गरेर भन्न सक्ने कुनै उत्तर भेटिदैन । तर कसैलाई हामीले जिन्दगी कस्तो चल्दै छ त भनेर सोध्ने कोसिस गर्यौ भने चाहि थरी-थरि उत्तर पाइरहेका हुन्छौ । कोहि सकारात्मक आशावादी उत्तर दिन्छन त कोहि निराशाजनक जवाफ दिएर उक्त कुरा को अन्त्य गर्न खोज्छन ।

जिवनलाई एक पक्षमा रहेर केलाउन खोज्ने हो भने जीवन एक सम्भावना को खेल न रहेछ । यहाँ राम्रो हुने जति सम्भावना हुन्छ त्यति नराम्रो हुने संभावना पनि रहन्छ । तर यी दुई सम्भावना बिच को बिन्दुमा टेकेर हेर्न सकियो भने जीवन एक कोशिश अनि प्रयासरत खेल जो रहेछ ।

जीवनका कैयौ पाटा हरु हुन्छन । कुनै खुसिका, कुनै दुखका त्यसै गरि सफल -असफल ,यस्तै यस्तै गरि जुन हिसाब मा केलाउन सक्यो जीवन उहीँ नै त हो । यी कुरा हरुलाई आधार मानेर नै हामिले हाम्रो जिवनको सार्थकता को मापन गरिरहेका हुन्छौ । आखिर यिनै आधार हुन त जीवन को सार्थकता यहि हो भनेर किटान गर्न सक्ने ?

जीवन के हो भनेर बुझ्न सायदै एक जुनि जिन्दगी कम पर्ला । हामिले दिने जीवन बारे अनेकन व्याख्या त केवल आत्मसन्तुष्टि का तर्क न हुन । कसैलाई कुन तर्क दिदै गर्दा सन्तुष्टि प्राप्त हुन्छ भने कुनै लाई कुन तर्क दिदै गर्दा ।।।! हामी मानिसहरु अनाहकमा आफ्नो तर्क सङ्ग अरु को तर्क मिलेन भन्दै गर्दा आफू असन्तुष्ट हुने वाहानाबाजी खोजेर कोहिसङ्ग जोरजुलम गर्न खोजिरहेका हुन्छौ ।

आखिर हामिले अरुका तर्क , विचार र सोचलाई उनिहरुकै ठाउमा रहेर सोचेर त्यि कुरा स्विकार्दै अघिबढ्न किन सकिरहेका हुदैनौ रु
मानवीय चोला तबमात्र सफल रहन सक्ला जब अरुको अस्तित्व पनि छ भनेर स्वीकार गर्न सकिन्छ । अरुको अस्तित्व स्वीकार गर्न नसक्नु पनि मानिसको एक किसिमको मानवीय नकारात्मक अहमतापुर्ण गुण हो । अहमता को अर्थ यहा घमण्ड हुन आउछ । घमण्डि मानिसले अरु को अस्तित्व कसरी पो स्वीकार गर्थ्यो र १ घमण्ड ले भरिएको मानिसलाई लाग्दछ कि १ मैले जति कुनै पनि कुरा को ज्ञान कसैले पनि राख्दैन , मैले जति केहि कुरा कसैलाई पनि थाहा छैन । तर उसलाई मैले केही जान्दिन भन्ने कुरा जान्न पनि उसलाई वर्सौ लाग्न सक्छ ।

तसर्थ , हामिहरु मानव हौ १ मानव सामाजिक प्राणी हो । घमण्ड मानव मा हुनुपर्ने गुण हुँदै होइन । यसले समाज कहिल्यै असल मार्ग तर्फ उन्मुख गर्न कहिल्यै सहयोग गर्दैन । त्यसैले आफुलाई आफुमा भएका सकारात्मक तथा नकारात्मक गुण हेर्न र नियाल्नका लागि मात्र भए पनि अरु लाई झकझकाउनु भन्दा पहिला आफुलाई झकझकाएर आफुमा भएका अवगुणहरु फ्याक्ने बानिको बिकास गरौ । भनिन्छ नि  ‘आफू राम्रो भएपो समाज राम्रो, समाज राम्रो भएपो देश राम्रो’ ।

अन्तमा : आफुले आफुलाई घचघचाउने बानी बिकासका लागि सबैमा शुभकामना 🙏

प्रतिकृया दिनुहोस्