नवनियुक्त मन्त्रीहरुले लिए शपथ

  • समाचार यात्रा
  • २ महिना अघि
  • 40 जनाले पढ़िसके

काठमाडौं । सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पाैडेलले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

जसमा नेकपा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीमा सचिव रघुवीर महासेठसहित ८ जना रहेका छन् । कानून, न्याय तथा संसदीय मामिलामा पदम गिरी, रक्षामा हरि उप्रेती, महिला बालबालिकामा भगवती चौधरी, खानेपानी मन्त्रीमा राजेन्द्र राई, उद्योग मन्त्रीका रुपमा दामोदर भण्डारी, कृषि मन्त्रीमा ज्वालाकुमारी साह र भूमि व्यवस्था तथा सहकारी मन्त्रीका रुपमा बलराम अधिकारीले शपथ लिएका छन् ।

त्यस्तै, माओवादीबाट नारायणकाजी श्रेष्ठले परराष्ट्र, वर्षमान पुनलाई अर्थ, शक्ति बस्नेतलाई उर्जा, रेखा शर्मालाई सञ्चार र हितबहादुर तामाङलले पर्यटन मन्त्रीको शपथ लिएका छन् । त्यस्तै, नेकपा एसका तर्फबाट भानुभक्त जोशीले संघीय मामिला र धनबहादुर बुढाले शहरी विकासमन्त्रीको शपथ लिएका छन् ।

रास्वाका तर्फबाट सभापति रवि लामिछानेले उप्रधानसहित गृहमन्त्री, शिक्षामन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

उनीहरुले आजै कार्यभार सम्हाल्नेछन् ।

प्रतिकृया दिनुहोस्