राष्ट्रिय गौरवका आयोजनामध्ये चार वटाको प्रगति ८० प्रतिशत भन्दा बढी : प्रधानमन्त्री

  • समाचार यात्रा
  • २ महिना अघि
  • 45 जनाले पढ़िसके

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये चार वटाको प्रगति ८० प्रतिशत भन्दा माथि भएको बताएका छन् ।

बुधबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये ती वटा सम्पन्न भइसकेका बताएका हुन् । उनले चार वटाको प्रगति ८० प्रतिशत माथि, ६ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म र ६ वटाको प्रगति ५० प्रतिशतसम्म भएको जानकारी दिए । त्यस्तै पाँच् वटाको प्रगति १० प्रतिशत मुनी रहेको उनले बताए ।

प्रधानमन्त्री दाहालले सुनकोशी–मरिण ड्राइभर्सनद्रुत गतिमा सञ्चालनमा रहेको बताए । त्यस्तै विद्युत प्रशारण आयोजना भर्खर कार्यान्वयनमा गएको र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सन्तोषजनक रुपमा अगाडी बढेको उनको भनाइ छ ।

उनले बुढीगण्डकी जलविद्युत आयोजनामा लगानी जुटाउन कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको कल्याणकारी कोष र नेपाल टेलिकम लगायतसँग छलफल भएको बताए ।

सो आयोजनालाई पेट्रोलियम पदार्थमा लगाइएको पुर्वाधार करबाट प्रतिलिटर ५ रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको बताए । त्यस्तै व्यक्तिको अधिग्रहण गरिएका जग्गाको मुआव्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको पनि उनले स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस्