माधवलक्षित ओलीको टिप्पणी : प्रधानमन्त्री बन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद

  • समाचार यात्रा
  • २ महिना अघि
  • 38 जनाले पढ़िसके

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले प्रधानमन्त्री हुन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद रहेको टिप्पणी गरेका छन् ।

बुधबार सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले नेपालको नाम नलिई आगामी असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडेको र उनका समर्थकहरूले ताली बजाएकोमा आफूलाई अचम्म लागेको पनि बताए ।

संसद्मा राष्ट्रिय मान्यता नपाएको दलका मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ? भनि अध्यक्ष ओलीले प्रश्न समेत गर्नुभयो । उनले संविधान, कानुन कता छ, संसद्मा के छ ? भन्ने थाहा नपाएकाले प्रधानमन्त्री हुन्छु भनेर कराएर हिँड्ने गरेकाले देशमा व्यवस्था विरोधी अराजक गतिविधि बढिरहेको जिकिर समेत गरे ।

ओलीले भने, कुनै राजनीतिक पृष्ठभूमि नभएका, कुनै जनाधार नभएका, राजनीतिक दृष्टिकोण नभएका, कुनै प्रकारको गन्तव्य नभएका, कुनै नीति नभएका, त्यस्ता तत्वहरू । आज कति हास्यास्पद छ देशको राजनीति, जो मान्छे संसद्मा छैन, त्यस्तो मान्छे सडकमा आएर भन्छ– म असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दैछ, अगाडि बसेका मान्छेहरू हो हो भनेर टप्याटप्याट गर्छन् । अचम्म लाग्छ । संविधान कता छ ? कानुन कता छ ? संसद् के छ ? त्यो केही थाहा छैन । अनि एउटा मान्छेले कराई दिन्छ–म असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर । कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ऊ ? तर यस्तो अराजकता । के बोल्दैछु उसलाई थाहा छैन । यस खालको स्थिति छ ।

प्रतिकृया दिनुहोस्