पेट्रोलको मूल्य लिटरमा चार रुपैयाँ बढ्यो

  • समाचार यात्रा
  • १ महिना अघि
  • 30 जनाले पढ़िसके

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल लिटरमा चार रुपैयाँले बढाउने निर्णय गरेको हो ।

इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ७६ पैसा मूल्य बढेर आएकोले यहाँ पनि बढाइएको हो ।

काठमाडौं उपत्यकामा उपभोक्ताले प्रतिलिटर पेट्रोल अब १ सय ७५ तिर्नु पर्ने छ । यसअघि १ सय ७१ रुपैयाँमा कारोबार भइरहेको थियो । डिजेलरमट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्