लघुकथा : बदलियो मौसम!

  • समाचार यात्रा
  • १ साल अघि
  • 136 जनाले पढ़िसके

धनराज गिरी : 

स्वामी चकचकानन्द हो फेसबुकमा प्रोफेसर कवितानन्द बिन्दास गजलोपाध्याय गिरी,नाम पनि अनौठो,काम पनि अनौठो ।” कति लेख्न सकेको?” धेरैको गुनासो।ट्याग आतंक,थप नीममाथि करेली,मेसेन्जरमा ” पेलम पेले पेलानी” कतिलाई कति रीस उठ्दो हो। ” दिक्क लाग्यो!” भन्ने ह्याउ मात्र एक जनाको भयो।

बुझी बुझी चकचक गरिरह्यो बिन्दास।यस्तैमा आफ्नै कान्छी छोरी पूजाकै नामवाली ” पूजा खुशी ” साथी बनिन्,अतरियाबाट । उनी ” साइनो ” विधाकी सचिव।बिन्दासले पनि साइनो लेख्यो। ” छोरी त हुन्!” यही सोचेर मेसेन्जरमा रचनाको भेल। ” बा,मलाई फुर्सद हुन्न।नपठाउनुहोला! ” अलि कठोर ध्वनी। बन्द।भनेपछि कुरा सकियो।

तीन महिनापछि,” बा,एउटा काम गर्न खोजेको।अनुदान सहयोगको अपेक्षा गर्न मिल्छ छोरीले?हजुर जापान,छोरीको संस्था नेपाल ,है? ” कोही दुःख देखाउन आए नाइँ भन्ने बानी नै छैन बिन्दासको।वचन दियो। काम पनि भयो।छोरी प्रफुल्ल।

अनि विचार गर्यो बिन्दासले, ” अब हेरौं न त छोरीको रवैया!” फेरि मेसेन्जरमा रचनाको भेल। ” वाह वाह,क्या राम्रो!यस्तो लेख्न सके पो!”” वालमा लाइक कमेन्ट आउन थाल्यो। ” बदलियो मौसम! “

प्रतिकृया दिनुहोस्