लघुकथा : किन हो पिताश्री?

  • समाचार यात्रा
  • १ साल अघि
  • 253 जनाले पढ़िसके

धनराज गिरी :  बैकुण्ठनगरको एक किस्सा हो यो।किस्सा मजाकजस्तो लाग्ला,तर यो दुनियाँमा तथ्य कतै हुन्छ भने अक्सर त्यो मजाकमा नै हुन्छ।नत्र ढाकछोप दुनियाँको नियम हो,प्रेमालयको अनन्त प्रेमको अर्को नियमजस्तै।कथा आरम्भ,
—–
एक चोक छ बैकुण्ठनगरमा,दिल्ली चोक,धेरै सिल्लीहरू जम्मा भएर मुसी र बिल्लीको गफ गर्छन् । ” चिया गफ” बढी रफ।सम्पूर्ण कुराको गफ हुन्छ।केही कुराको बारेमा जानकारी लिन परेमा यो चोकमा गए हुन्छ, ” बुद्धजङ्ग रायमाझीहरू ” यहाँ पनि छन,अविनाशी प्रभुहरू। राजनीति,साहित्य,अर्थ,धर्म,काम,मोक्ष सबैको विषयमा चर्चा हुन्छ।

मोक्षको कुरा गर्दा अविरामको पिताश्रीको सम्झना आयो प्रोफेसर पवित्रनारायण पदमपुरीलाई।पुरीजीको घर त्यो चोकबाट उत्तरतिर छ,तीन मिनेटमा पुगिन्छ।त्यही ,चोकमा,एउटा दोकानमा,एक पात्र अक्सर एक्लो हुन्छ।धेरै एक्लो,तर अनुहार उज्यालो छ। कसैसित कुनै गुनासो गर्दैन।एक्लो छ,र त छ आनन्दमा।प्रोफेसर पदमपुरीको सुपुत्र हिम्मतनारायण कर्मयोगी पदमपुरीले यो कुरा मार्क गर्छ। ” किन यी सज्जन एक्लै?जहिले पनि एक्लै?एक्लो बृहस्पति?शारदाकान्त केशरीको नियति जस्तै।आफ्नो पिताश्रीको मुखबाट हिम्मतले ” शेरखान अङ्कल” उर्फ कुमरोजमैत्री प्राचार्यको कथा सुनेको थियो,प्रचण्ड गर्मी भएको बेला,माधवपुर मावली गएको बेला। ” किन एक्लो हो यी पात्र?” हिम्मतको मनमा कुरा खेल्यो।

—–
” पिताश्री,एउटा कुरा सोध्न मन लाग्यो? ” गजल लेख्न लीन प्रोफेसरको नजिक गएर निवेदन हाल्यो। ” इथिकल्ली मैले उत्तर दिन मिल्छ भने मात्र सोध छोरा,नत्र भने त सबै कुरा असजिलोमा पर्नसक्छ । ” छोरो मुस्कुरायो,अलि नजिक आयो, ” बा पनि मजाक गर्नुहुन्छ।” ” यो जिन्दगी एक मजाक,यो दुनियाँ एक मजाक,यो ब्रह्माण्ड नै एक ” मजाकालय त हो छोरा!प्रश्न गर,घामभन्दा पहिले,उज्यालो कर्णाली बनेर,उदयपुरको कथा मनमा राखेर।” ” हजुरको कुरा बुझ्न गाह्रो हुन्छ।मेरो जिज्ञासा सामान्य हो,त्यो चोकमा एक जना काका,जहिले पनि एक्लो देख्छु,किन हो पिताश्री?किन होला,कोही पनि साथी नभएजस्तो?अरू दोकानमा भीड !किन हो पिताश्री?” ” छोरा,सत्यको सामना गर्न सक्छौ ?”

” फेरि उही अमूर्त !अभिधा,लक्षणा,व्यन्जना,सोझै किन नभन्ने केही कुरा पनि?जेरी जेलिएको जस्तो।सरल सत्य हो भने सामना गर्छु,गरेको छु।अलि तीतो सत्य,सर्वनाश गराउने सत्य,घातक सत्यबाट त पर बस्छु।यस्ता सत्यहरू जान्नु छैन।टेन्सन नही लेनेका!! ” छोरा,त्यो काका,तिम्रो काका, सत्य हो,सत्यनारायण चौधरी, सत्य सर,सत्य,सत्यको सामना गर्ने हिम्मत अरूको हुन्न,हिम्मतको बाउको मात्र हुन्छ। यही भएर सत्य एक्लै बस्छ।मेरो अर्को सत्यले एक्लै कुमरोज सामुदायिक वन घुमेजस्तो,आरम्भ बनेर एक्लै शुभारम्भ गरेजस्तो।अक्सर सत्य एक्लो हुन्छ।औसत मान्छेले सत्यको सामना गर्न सक्दैन।बादशाह नाङ्गै छ भन्न पनि बच्चा चाहिएको थियो।यही भएर ” सत्यनारायण चौधरी ” एक्लै हुने गर्छ।”

” हावादारी कुरा,विजय कुमार खुशीलाई अन्तर्वार्ता दिन गए हुन्छ बा,उखान पनि जान्नुभएकै छ।हुन त हावादारी होइन,आफ्नै बाको कुरामा के ” एन्टी थेशिस” लगाउने!हजुर किन ढुक्कसित गएर गफ गर्न सक्नुहुन्छ त?सत्यको सामना गर्न हजुरलाई पनि त मुस्किल होला नि?कि आफूलाई महावीर अर्जुन मान्नुभएको छ? ” ” हे हे हे, अर्जुनहरूको गुरु,सत्य मेरो चेलो,मेरो साथी,ऊ मसित खुल्छ।छन्नु काकाको म प्यारो कथावाचक,म सम्पूर्ण चौधरी खानदानको गुरु,म सक्छु छोरा सत्यको सामना गर्न।यो पदमपुरीको जीवनमा डर छैन अब।जेको पनि सामना गर्छ। यो मजाक होइन।”

” जय हो पिताश्री,कपिल कमेडी घरमा नै छ।एउटा गजल लेख्छु म आज,दिदीहरूको नाममा,है!” ” मेरा दिदीहरू,ल यही रदिफ बनाएर एउटा पारिवारिक गजल लेख सुपुत्र!आशीर्वाद !तिम्रो हरेक आरजू पूरा होस् !लक्ष्मीपति बने!हरेक धनराज,तिम्रो जीवनमा मनराज,विवेकराज बनेर आऊन्।सीताजस्ती जननी पाए।लिटिल बुद्ध बन्नू छोरा!आशीर्वाद !!” ” धन्यवाद बा,छोरो जुनियर मोग्याम्बो खुश हुवा!सत्य लेख्नुहोला,इथिकल्ली!”

प्रतिकृया दिनुहोस्