बा औंशी त फेरि आएछ नि!!!

  • समाचार यात्रा
  • ७ महिना अघि
  • 403 जनाले पढ़िसके

सन्तोष न्यौपाने:
औंसी त आज पनि फेरि आएछ, तर मेरा बा कहिले पनि आएनन खै। मलाई पनि हिजो आज खिचेको बा सँग को फोटो राखेर शब्दकोषका सबैभन्दा उत्कृष्ट शब्द राखेर शुभकामना बाड्न मन थियो। बा संगै सहकार्य गर्दै हरेक सपना पूरा गर्न मन थियो। हरेक खुसीमा बा लाई साक्षी राख्दै उत्सव मनाउन अनि हरेक दुखमा बा को अगाडि रुन मन थियो। मान्छे को जात नै बैगुनी जे छैन त्यही कुराको आस बढी हुने। अघिपछि त हैन हरेक अभावमा तिम्रै साथ सधै खड्किरह्यो।

केहि कुराको आकार भएपो साकार पार्न सपना देख्न मन लाग्छ। स्पर्श मज्जाले छ तर मस्तिष्कले खिच्न सकेन , अनि आकारमा ढाल्न सकेन। जे कुरा जिवनमा हुदैन, जे कुरा पाइदैन त्यही कुरा अती नै प्यारो लाग्छ त्यही कुराले पिरोल्छ जिन्दगिभर। उमेर सानै थियो, मलाई कुनै खेल , टि भि रेडियो को कार्यक्रम होइन, एउटै कुरा प्यारो लाग्थ्यो त्यो हो अर्थहिन सपना। एकदम प्यारो लाग्थ्यो एकदम आन्न्दित लाग्थ्यो। मलाई दिन होइन रात मन पर्थ्यो , मलाई उज्यालो होइन अँध्यारो नै प्यारो लाग्थ्यो। म सँग जे थिएन तेहि आउथ्यो सपनामा मलाई जे प्यारो लाग्थ्यो तेहि आउथ्यो सपनामा । म देख्थे र देख्दैछु चन्द्रममा आकार त्यो हजुर नै हो। म बोल्थे टन्न खै को संग बोले थाहा भएन , म खोल्थे मनका कुरा तर को संग अनुभव भएन । म बुन्थे सपना तेहि सपनामा तर को संग थाहा भएन । शारीरिक बनावट त देखे तर आकार पहिलाउन सकिन !! तर म ढुक्क छु त्यो हजुर नै हो किन कि मेरो आवस्यकता हजुर हो। म बुज्ने भाछु अहिले तर तेति बेला न आमा बुज्थिन न म। रुन्थिन रुन्थे । म घरमा आउने भोटे कुकुरमा अनुहार हेर्न खोजे , म पुतली , माकुरा देखि हरेक किरा फटेङ्रामा नि हेर्न खोजे अनुहार तर पाइन। मेरा हरेक सपना पूरा होलान तर यो सपना कहिल्यै पूरा भएन । त्यो अनुहार त्यो आकार थियो मेरो बाबा को। मलाई थाहा छ, म संग ट्न्नै छ्न सहयोग , टन्नै हुनुहुन्छ मेरो मलाई हजुरको अभाव पूरा गरिदिने। तर मलाई एउटै सपना रहिरह्यो जुन पूरा नै हुदैन त्यो हो, हजुरको आकार ।

फर्की आए गतेहरु तर,ती दिन आएनन,
फेरि यादमा त सदैव जीवित रहन्छ नि१
कसरी आउँदैन भनौं प्रिय बाबा
आँसु बग्दै बग्दैन
न आँधी जसरी उड्छ मन
अनौठो भयले गाँजेर
कटमरिन्छ दिलमा
अतृप्त तिम्रै यादका ऐँजेरु
तिम्रो दृश्यचित्र हृदयमा ।।।।।

बुवालाई कुशे औंसीको शुभकामना जहाँ भएपनि हामी माथि सधैं उहाँको आशिर्वाद रहिरहोस् 😊😇
कुशे औशी को अवसरमा समस्त बा हरु प्रती नमन अनि धेरै शुभकामना ।

प्रतिकृया दिनुहोस्