बेनिटो मोसिलिनी, फासिवाद र तेस्रो विश्वयुद्दको सम्भावना

  • समाचार यात्रा
  • १ साल अघि
  • 328 जनाले पढ़िसके

राहुलराज अधिकारी :

विश्व राजनीतिमा दुई धार पुँजिबादी र समाजवादबीच ठूलो प्रतिस्पर्धा चलिरहेको छ । त्यसो त राजनैतिक सिद्धान्तमा अन्य वादहरु पनि बेला बखत छुट्टै पकड बनाउदै राजनितिको इतिहासमा अटाइरहेका हुन्छन।।त्यस्तै मध्येको एक वाद हो फासिवाद ।

फासिवादमा शासक सबैभन्दा माथी हुन्छ।शासकको मनस्थिति अनुसार प्रजामाथी कानुन बन्छन र ती कानुनको पालना गर्नु प्रजाको कर्तव्य मानिन्छन।।यदि प्रजाले त्यसको बिरोध गरे मृत्युसम्मको सजाय समेत लगाउन सकिने हुन्छ।।क्रुर शासकबाट जनतामाथी दमन गर्न बनाइएको कठोर शासन प्रक्रिया नै फासिवाद हो।

फासिवाद एक सिद्धान्त मात्र नभइ क्रुरताको प्रतीक पनि हो ।यसको कनेक्सन इटालिका शासक बेनिटो मुसोलिनी सङ्ग प्रत्यक्ष रहेको छ।
सामान्य लोहार परिवारमा जन्मिएका मुसोलिनी स्कुल पढ्दै गर्दा आफ्ना साथिलाई चक्कु रोपेको केशमा बाल सुधार केन्द्र भर्ती भए त्यहा उनले पढाइ सङ्गै सुधारकेन्द्रको नेतृत्व सम्हाल्न थाले।करिब ६ वर्ष पछि उनी बाहिर आउनासाथ फेरि केही दिनमा उनको लडाई हुन्छ र उनीलाई जेलमा राखिन्छ।जेलमा बसुन्जेल उनले त्यहाको राष्ट्रिय दैनिक अवन्तिकामा आफ्ना सम्पादकिय हरु लेख्न सुरु गर्छन।।उनका सम्पादकीय अत्याधिक रुचाइन थाले ।उनी क्रान्तिकारी लेखहरु लेख्दथे।

सन १९१४ जतिबेला प्रथम विश्वयुद्द सुरु हुँदै थियो ।जतिबेला उनी इटालिका राजनैतिक पार्टीमा भर्ती भैसकेका थिए र इटालियन सरकारले विश्वयुद्धमा भाग नलिने निर्णय गर्दै थिए। तर मुसोलिनिले एक अन्तरवार्तामा कार्ल माक्सका सिद्धान्त ूयुद्द पछि मात्र क्रान्ति सफल हुन्छू बस यति एक शब्दले इटालीलाई समेत पहिलो विस्वयुद्दमा धकलिदियो।।जतिबेला इटाली आफ्नो पक्ष सहित विजय समेत भयो।।यस बाट फर्किएपछि मुसोलिनिलाई भव्य स्वागत भयो।

अब त के चारै तिरको चर्चा अनि मुसोलिनिको एक अर्डरमा ज्यान दिन तयार अनुयायीहरु बढ्दै गए।अक्टोबर १९२२का २५-२८ तरिखका दिनहरुमा सडकभरी काला शर्ट लगाएका २०हजार युवा एकीकृत भए दिन दिनै भिड थपिदै गए र त्यो संख्या २लाख पुग्यो।।अनि त्यो भिडको आवाज एउटै थियो मुसोलिनी तिमी सदनमा आउ।अनि ३१ तारिखका दिन उनले भिडलाई सम्बोधन गरेर तत्कालीन राजाको तर्फ निशाना साध्दै भने हामिलाई शान्तिपुर्ण तरिकाले गद्दी छोडिदेउ नत्र रगत अवश्य बग्ने छ।

त्यतिबेलाका प्रधानमन्त्री लुइजी फेक्टा र राजा भिक्टोर इमानुयल तेस्रो बिच छलफल भयो राजाले पुर्ण शान्ती स्थापनाको निम्ति भन्दै गद्दी त्यागेर दरबार बाहिरिए। करिव १०० वर्षको राजतन्त्रको ईतिहास समाप्त भयो।।चारैतिर खुसियाली छायो।उनले जनभावना अनुसार जनतालाई गाँस बास र कपासको व्यवस्था गरे।देशको सुरक्षाको लागि एयर फोर्स र नाभि फोर्स तयार गरे।सबैको सामु उनी अल डुजे अर्थात असल बोस भए।
अचानक एकदिन प्रतिपक्षी दलका नेता जि अकोमो माटेसनलाई मुसोलिनिले गोलि हान्न आदेश दिए ।।चारै तिर एक किसिमको भय पैदा भयो।

उनको हत्या पछि एक पत्रकार गिर्भानी अमेन्डोलाले मुसोलिनिको बिरोध गरेको निउमा काला आर्मीले उनलाई समेत मारेर झुन्ड्याइदिए।अब राम्रो भनिएको शासकमा बदलाको भावना र मपाइत्व बढ्न थाल्यो।उनी आफुलाई प्राचीन इटालिका राजा जिलियस सिजर सङ्ग दाज्न थाले र बिस्तारै रोम साम्राज्य पुनः बनाउने सपना बोकेर छिमेकी मुलुक कब्जा गर्न थाले। जतिबेला दोस्रो विश्वयुद्दको समेत चर्चा चल्न थालिसकेको थियो ।हिटलर एकातिर जर्मन र फ्रान्स साम्राज्य विस्तार गर्दै थिए त अर्को तिर मुसोलिनी रोम साम्राज्य खडा गर्न दौडिरहेका थिए।त्यतिबेला उनले क्रुर शासक भनिएका हिटलरलाई समेत डरमा राखेका थिए।।उनी बारम्बार हिटलरलाई बेवकुफ र बुद्धि नभएको भन्ने गर्थे।

अब उनको साम्राज्य विस्तारको युद्द सुरु हुन थाल्यो पहिले उनले छिमेकी मुलुक लिबियामाथी आक्रमणको घोषणा गरे त्यहा उनले करिब ४०हजार लिबियानी युवा मारेको र लाखौलाई घरबार बिहिन बनाएको ईतिहास छ।जसकारण उनलाई आफ्नै देशमासमेत बिरोध हुन थाल्यो तर उनको क्रुरता यति बढ्यो कि जसले उनको बिरोध गर्छन ती सबै जनतालाई प्लेनमा राखेर खसालेर मार्न थाले।।त्यसपछी उनले अर्का छिमेकी मुलुक इथोपियामा आक्रमण गरे जहाँ उनले मस्कट ग्यास छोडे जसकारण १४लाख इथोपियनको मृत्यु भयो। अब उनको सर्वव्यापी बिरोध हुन थाले जसमा उनका जेठी श्रीमती र छोरा समेत थिए।।उनले दुबैलाई नजरबन्दमा राखे र यातना दिएर मारे।अब उनको चौतर्फी बिरोध हुन थाल्यो ।।उनले युआनमाथी गरेको आक्रमण असफल भयो।।दक्षिण अफ्रिकामाथिको आक्रमणमा पनि उनी हारे।

मुसोलिनी कमजोर हुँदै गए जनता बलिया हुँदै गए र उनिमाथी ठूलो दबाब आयो सत्ता छोड्नपर्ने ।१९४३को अप्रीलमा उनी सत्ता त्यागेर स्विजरल्याण्ड भाग्दै गर्दा सैनिकले पक्राउ गरेर नजरबन्दमा राखे ।।पछि हिटलरले यो थाहा पाएर उनलाई भगाएर इटालिकै दक्षिणी भुभागमा सुरक्षा दिएर राखेको थाहा पाएपछी जनता स्वयम् गएर उनलाई बेपत्ता परिएको हल्ला फैलियो त्यसको ३दिन अर्थात २८ अप्रील १९४५ मा उनको गोलि हानि हत्या गरिएको घोषणा भयो। उनलाई मिलानको एक चोकमा उल्टो झुन्ड्याइयो ।हजारौ आएर उनको मृत्युको समेत खुशी मनाए।

यसरी माहात्मा गान्धिको नजरमा समेत प्रभाव बनाउन सफल नेता फासिवादको फेरिस्ता हुदा मुलुक र विश्वलाई नै सङ्कट भएको थियो।।जसले पहिलो र दोस्रो विश्वयुद्दको बेला तान्डव गरेर गएको फासि वाद थियो आज तेस्रो विश्वयुद्दको चौतर्फी चर्चा चलिरहदा इटालिमा हालै सम्पन्न निर्वाचनको एक्जिट पोल नतिजाले डर पैदा गरिरहेको छ।बारम्बार बेनिटो मुसोलिनीको अनुयायी बताउने नेशनल फासिस्ट पार्टिकि प्रमुख जियोर्जिया मेलोनी रिपब्लिक इटालिकि प्रथम महिला प्रधानमन्त्री बन्ने सम्भावना उच्च छ।सायद आज या भोलिमा नतिजा आउला नै उनको जितले फेरि फासिवाद ब्युतने त होइन यो प्रश्न आम राजनितिग्यको मानसपटलमा छन।

प्रतिकृया दिनुहोस्