बुबा

  • समाचार यात्रा
  • १ साल अघि
  • 288 जनाले पढ़िसके

सन्तोष न्यौपाने : 
सामान्यतया हामीले केही कुराको बारेमा कलम चलाउन मन राखेमा वा चाहाना प्रकट गरेमा आमा को बारेमा लेख्ने गर्छौ । सायद आमा को माया ममता स्नेहको अगाडि बुवाको त्यागमा ओझेल परेर पनि होला।

हामीले देखिरहेकै कुरा हो सामान्य देखि धनाड्य परिवारका लोग्ने मान्छेहरु आर्थिक पक्ष सबल र बलियो बनाउने उदेश्यले विदेश पलायन भै राखेका हुन्छन।

कैयौ परिवारका त बिहे लगत्तै विदेशिएका हुन्छ्न त कोहि बालबच्चा सानै उमेर हुदा । अझ खास भन्नू पर्दा बुवा घर र छोराछोरीको छाहारी बन्दा बन्दै आफु नै छाहारिमा परेको पत्तो पाउदैनन। प्रदेश या स्वदेश को गिट्टी फोरेर छोरा छोरीलाई राम्रो शिक्षा दीक्षा गरुला भनेर पसिना पिएका बुबा हरुको मनोभाब बुजिदिने त परको कुरा पिता औसि अर्थात कुसेऔसीको दिन बाहेक अरु दिन कहि कतै बुवा को फोटो सम्म सायदै कतै देख्न पाइदैन।

गाउँ सहर जताततै को परिबेस बुझ्दा अहिले एक घरमा एउटा लोग्ने मान्छे देखिदैन। पक्कै पनि आफ्नो स्वार्थ को लागि ती लोग्ने मान्छे भौतारिएका हैनन होला। आमाले नौ नौ महिना गर्भमा राखेर जन्माउनु भयो । यो ऋण कहिले तिरुला जस्ता प्रश्न यहाँ हर कोहि को मन मा उब्जिन्छ्न तर बुवा को बलिदान को बारेमा यहाँ कसैको मानस्पटल मा सम्म यो कुरा खेल्दैन।बुवा हुने हरुको लागि यहाँ बुवाको महत्त्व खासै छ जस्तो पनि मैले महसुस गरिन्न । सोच्छन, रुन्छ्न, भौतारिन्छ्न त केबल गुमाएका हरु । जस्लाइ त्यो शब्दको अभाब पल पल खड्किएको हुन्छ।

आमा जननी हुन भने बुवा `जननी´ लाई हराभरा बनाउने यो प्रकृति। जो बिना यो प्रकृति उजाड हुन्छ। जस्ले सन्तान को खुसी मा रम्न सिक्छ्न। हो आमा भन्दा बुवा अलि कडा हुन्छ्न , हामिलाइ माया गर्दैनन कि जस्तो अभास पनि हुदो हो । आमाको ममता देखिन्छ झल्किन्छ तर बुवा ले गरेको आसा हामी प्रतीको बिस्वास र गरोस भन्ने सफलता लाई हाम्ले चिन्न सक्दैनौ। कडकपन मा मिसिएको आशा बिस्वास र ममता लाई आमा को माया को अगाडि हामी अन्धो जस्तै नै हुन्छौ ।

बुवा आफू रुदैनन, भोक लाग्दैन, बुवालाइ प्यास लाग्दैन, बुवा बिरामी पर्दा उठ्छ्न ,बुवा लाई चाडबाड लाग्दैन, वर्षौ अगाडिका च्यातिएका कपडा मा अर्को कपडा गासेर लगाउछ्न किनकी बुवा बुवा हुन, जो आँसु झारेर डाको छाडेर रुन सक्दैनन किनकी बुवा बुवा हुन ।

एक झलक मा सन्तान का हरेक इच्छा बुझिदिने बुवा लाई पनि बुवा को स्थान दिउ न है? के हाम्रो सफल्ता देख्न चाहाने बुवा गलत हुन त? के हाम्रो खुसिका निम्ति ४५ डिग्री को घाम सहने बुवा लाई थकाइ नलाग्ने नै होत? के बुवा रुदैनन त? के हाम्रो ओठ मा हासो देख्न चाहानु बुवा को गल्ती हो त?? आज येस्तै येस्तै अनेकन प्रश्न हरु मेरो मन मा उब्जिए तेसैले मैले कलम चाल्न सुरु गरे ।

आमा देबि हुन भने बुवा पनि भगवान हुन। जस्ले सन्तान का हरेक इच्छा या हरुमा निर्बिरोध हस्ताक्षर गरिदिन्छ्न। बुवा बुवा हुन सन्तान को खुसी को लागि लड्छ्न ।हरेक दिन आमा को ममता बुझे जस्तै बुवा को भावना र आसा को पनि कदर गरौ ।

हामिले मन्दिर को देवता त पुज्छौ , एक पटक तपाइको हाम्रो जीवन सफल र सार्थक बनाउन लडिरहेका बुवा को मनोभावना लाई बुज्ने प्रयत्न पनि गरौ न है। बुवा हरुमा समर्पित ।।।

प्रतिकृया दिनुहोस्