अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै नेपाल सुपर सिक्समा

  • समाचार यात्रा
  • ३ महिना अघि
  • 46 जनाले पढ़िसके

काठमाडौं । अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्दै नेपाल आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ ।

अफगानिस्तानलाई हराउँदै दुई अंक जोडेपछि नेपालले समूह ‘डी’ को तेस्रो स्थानमा पक्का गर्दै सुपर सिक्स यात्रा तय गरेको हो ।

शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा सम्पन्न खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेपालले ४४।४ ओभरमा नौ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालले स्कोरबोर्डमा १४४ रन जोड्दा आकाश चन्दलाई नवौँ विकेटको रुपमा गुमाएको थियो । यसपछि नेपाललाई जितका लागि दुई रन आवश्यक हुँदा अफगानिस्तानलाई एक विकेटमात्र पर्याप्त थियो ।

अफगानिस्तानका बलर अरब गुलले ४५औँ ओभरको पहिलो बल वाइड फ्याकेपछि खेल ‘टाई’ भएको थियो । जितका लागि एक रन आवश्यक हुँदा सोही ओभरको चौथो बलमा सुवास भण्डारीले चौका प्रहार गर्दै नेपालको रोमाञ्चक जित निश्चित गरे ।

नेपालको जितमा कप्तान देवले धैर्यपूर्ण प्रदर्शन गर्दै अर्धशतक बनाए ।

प्रतिकृया दिनुहोस्