क्रिकेटर दीपेन्द्र ब्रान्ड एम्बेसडरमा नियुक्त

  • समाचार यात्रा
  • ३ महिना अघि
  • 48 जनाले पढ़िसके

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी ग्रेस इन्टरनेसन प्रालिको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् ।

ग्रेस इन्टरनेसनलले दीपेन्द्रसँग तीन वर्षका लागि सहकार्य गरेको हो । बिहीवार एक कार्यक्रमका बीच ग्रेस इन्टरनेसनलका निर्देशक एन्ड्रियु पौडेल र क्रिकेटर दीपेन्द्रले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

दीपेन्द्रले विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका छन् । ग्रेस इन्टरनेसनलकाका निर्देशक पौडेलले दीपेन्द्रसँगको सहकार्य व्यावसायिक प्रवर्धनको उद्देश्य मात्र नभएर क्रिकेटप्रति उत्तरदायित्वको रूपमा रहेको बताए ।

क्रिकेटर दीपेन्द्रले पनि ग्रेससँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै यस यात्रामा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्