नवौं धादिङ महोत्सव माघ १० देखि गजुरीमा हुने

  • समाचार यात्रा
  • ४ महिना अघि
  • 42 जनाले पढ़िसके

काठमाडौं । नवौं धादिङ महोत्सव माघ १० गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजना धादिङ उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरि महोत्सवबारे जानकारी दिएका हुन् ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारासहित गजुरी गाउँपालिकाको गलौदीस्थित त्रिशुली किनारमा महोत्सवको आयोजना गरेको हो ।

जिल्लाको सास्कृतिक विविधताको संरक्षण र आर्थिक, सामाजिक विकासमा टेवा पुर्‍याउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको संघका अध्यक्ष विष्णु थपलियाले बताए ।

जिल्ला भित्रका मुख्यत घरेलु उत्पादन कृषि उत्पादन र स्थानीय पहिचान सहितको बस्तु र सेवाको प्रबर्द्धनमा हाम्रो जोड दिँदै मुख्यत जल यात्रालाई प्राथमिकता दिने उद्देश्य रहेको उनले बताए । महोत्सवको आम्दानीबाट संघको संस्थागत विकासमा ठोस योगदान पुगोस भन्ने उद्देश्यका साथ व्यवसायिक पुस्तकालय सहितको व्यवसायिक सुचना केन्द्र र सुविधा सम्पन्न सभाहल निर्माणको योजना सहित प्रक्रिया सुरु भएको थपलियाले बताए ।

महोत्सवमा एक सय ५० वटा स्टल रहनेछ । त्यसमध्ये ५० वटा स्टलहरु जिल्ला भित्रका विभिन्न प्रकारका सेवा र वस्तुहरुको प्रबर्द्धनात्मक र पहिचान झल्कने गरी १३ वटै स्थानीय तहसँगको सहकार्यमा निशुल्क प्रदान गर्ने गरिने संघका अध्यक्ष थपलियाले जानकारी दिए ।

महोत्सवमा कृषि, पर्यटयन, औद्योगिक, व्यापारिक, प्रदर्शनीका साथै जिल्लाको स्थानीय उत्पादनको प्रचार प्रसार र प्रवर्द्धनमा जोड दिइने संघका वरिष्ठ उपाध्यक्ष रामकुमार डल्लाकोटीले बताए । खेलकुद, मनोरञ्जन तथा व्यापारमा पनि स्थानीयलाई नै प्राथमिकता दिइने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्