यू–१९ विश्वकप खेल्ने नेपाली टोली घोषणा

  • समाचार यात्रा
  • ४ महिना अघि
  • 45 जनाले पढ़िसके

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ विश्वकपको लागि नेपाली टोली घोषणा गरेको छ। क्यानले देव खनालको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

यसअघि यू–१९ एसिया कपसमेत खेलेका राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा पनि टोलीमा समेटिएका छन् । टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, दीपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन् ।

अफ्रिकामा हुने प्रतियोगितामा नेपाल समूह डीमा रहेको छ। नेपालले विश्वकपमा अफगानिस्तान, पाकिस्तान र न्यूजिल्याण्डसँग खेल्नेछ नेपालले आफ्नो पहिलो खेल २१ जनवरीमा न्युजिल्याण्डसँग खेल्नेछ भने दोस्रो पाकिस्तानसँग २४ जनवरी र अफगानिस्तानसँग २६ जनवरीमा खेल्नेछ।

प्रतिकृया दिनुहोस्