एन्फाको सीईओमा इन्द्रमान तुलाधर नियुक्त

  • समाचार यात्रा
  • ५ महिना अघि
  • 124 जनाले पढ़िसके

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको प्रमुख कार्यकारी अधिकृत सीईओमा इन्द्रमान तुलाधर नियुक्त भएका छन् ।

सोमबार काठमाडौंमा बसेको एन्फा कार्यसमिति बैठकले एन्फाका पूर्व महासचिव तुलाधरलाई सीईओ नियुक्त गरेको हो । त्यस्तै बैठकले सहायक कोषाध्यक्षमा प्रविणकुमार यादवलाई नियुक्त गरेको छ । बैठकले एन्फाको बिषेश साधारणसभा माघ ८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ भने नियमित साधारणसभा फाल्गुन १४ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै, एन्फाले भविष्यमा हुने अन्तर्राष्ट्रिय प्रतियोगीता आयोजना गर्दा निशुल्क पास वितरणपूर्ण रुपमा बन्द गर्ने र एन्फाले टिकट बिक्रि गरि उठेको रकमका २० प्रतिशत रकम प्रतियोगीतामा सहभागी हुने उमेर समूह र राष्ट्रिय महिला तथा पुरुष फुटबल टिमका खेलाडीहरुलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्