युद्धविराम सम्झौतापछि गाजा पट्टीमा इन्धन ट्रकहरू प्रवेश

  • समाचार यात्रा
  • ५ महिना अघि
  • 47 जनाले पढ़िसके

गाजा । इजरायल र हमासबीच शुक्रबार बिहान अस्थायी युद्धविराम लागू भएपछि इन्धन र खाना पकाउने ग्यासले भरिएका ट्रकहरू गाजा पट्टीमा प्रवेश गरेका छन् ।

प्यालेस्टिनी सुरक्षा स्रोतले जसलाई नाम न छाप्ने शर्तमा बताएअनुसार ईन्धन र खाना पकाउने ग्यास बोकेका ट्रकहरू गाजा पट्टीमा ढुवानी गर्न विशेष क्षेत्रमा आइपुगेका छन् ।

योसँगै गाजा पट्टी र इजिप्ट बीचको विवादित भूमि पार हुँदै अन्य किसिमका मानवीय आपूर्ति पनि सहज हुने अपेक्षा गरिएको छ ।

हमासले प्रेस विज्ञप्तिमा भनेको छ, “युद्ध अवधिमा दैनिक २०० ट्रक राहत र चिकित्सा सामग्री र चार ट्रक इन्धन र खाना पकाउने ग्यास गाजा पट्टीमा प्रवेश गर्नेछ।”

यसअघि कतार र इजिप्टको मध्यस्थतामा इजरायल र हमासबीचको मानवीय युद्धविराम घेराबन्दीमा परेको तटीय क्षेत्रमा लागू भएको थियो ।

गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा हमासले बन्धक बनाएका १३ जनालाई रिहा गरेपछि इन्धन र खाना पकाउने ग्यासको आपूर्ति गर्ने योजना बनाइएको छ ।

प्रतिकृया दिनुहोस्