अन्तत न्याय पाईयोः भारती मानन्धर

  • समाचार यात्रा
  • ६ महिना अघि
  • 38 जनाले पढ़िसके

योगराज ढकाल रिगलको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै न्याय माग्दा आफूलाई धेरै बाधा, डर, त्रास, धम्की र पैसाका बार्गेनिङ आए पनि अन्ततः न्याय पाएको बताएकी छन् ।

आज शुक्रवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी मानन्धरले न्याय माग्दा आफूलाई धेरै बाधा, डर, त्रास, धम्की र पैसाका बार्गेनिङ आए पनि अन्ततः न्याय पाएको बताएकी हुन् । कुनै पनि लोभमा नलागिकन अघि बढेकाले न्याय मिलेको उनले बताइन् । अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने मानन्धरको विश्वास छ ।

उनले भनिन्, ‘यसबीचमा धेरै बाधा, डर, त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर मेरो टिमले मेरो साथ छोडेन । मेरो टिमले मलाई अन्यायमा परेको महिलालाई बाटो दे, अरू महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलाग्न भन्यो ।मजस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ ।’

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएको थियो ।

प्रतिकृया दिनुहोस्