सुर्तीजन्य पदार्थ बेचेको आरोपमा झण्डै चार सय जना पक्राउ

  • समाचार यात्रा
  • ७ महिना अघि
  • 74 जनाले पढ़िसके

टर्कीए प्रहरीले अवैध ढङ्गले सुर्तीजन्य पदार्थ बेचेको आरोपमा तीन सय ७० जनालाई पक्राउ गरेको छ ।

अवैध सुर्तीजन्य पदार्थ उत्पादन गर्ने आपराधिक सङ्गठनविरुद्धको राष्ट्रव्यापी अभियानमा उनीहरूलाई पक्राउ गरिएको मन्त्रिपरिषद्का एक जना सदस्यले बताएका छन् ।

टर्कीएका गृहमन्त्री अली येर्लिकायाले सामाजिक सञ्जालमा ‘अपरेसन फग’ अभियानमा तस्करी र सङ्गठित अपराधविरुद्धका कारबाहीमा छ सय ७२ स्थानमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको लेख्नुभएको छ ।

बढ्दो मुद्रास्फीति र चुरोटलाई महँगो बनाउने कर वृद्धिका कारण गैरकानुनीरुपमा चुरोटलगायत सुर्तिजन्य पदार्थको तस्करी बढेको छ । टर्किएले गत डिसेम्बरमा अवैध सुर्ती उत्पादन र बिक्री रोक्न कानुनी व्यवस्थामा संशोधन गरेको थियो । संशोधित उक्त कानुनले अवैध रूपमा सुर्तीजन्य पदार्थ बिक्री गर्नेलाई दुईदेखि पाँच वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था गरेको छ ।

प्रतिकृया दिनुहोस्