डेंगी संक्रमितको संख्या १६ हजार नाघ्यो

  • समाचार यात्रा
  • ९ महिना अघि
  • 62 जनाले पढ़िसके

काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या १६ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार गत जनवरीदेखि अगष्ट १९ सम्म १६ हजार २६७ जनामा संक्रमण पुष्टि भएको छ । डेंगीका कारण यो वर्ष १२ जनाको मृत्यु भएको छ ।

डेंगीबाट सबैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित भएका छन् । कोसीमा १२ हजार २१ र बाग्मतीमा दुई हजार ६५७ जना संक्रमित भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी ६२५ जना संक्रममित भएका छन् ।

प्रतिकृया दिनुहोस्