गो होम अभियान पश्चात २३३ जना हराएका मानिसहरु फेला

  • समाचार यात्रा
  • १ साल अघि
  • 58 जनाले पढ़िसके

काठमाडौ : बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले हराएका मानिसहरुको खोजतलासको लागि गो होम अभियान संचालन गरेको  छ । गत असोज ५ गतेबाट  बागमती प्रदेश प्रहरी कार्यालय मातहतका १० (उपत्यकाका ३ जिल्ला बाहेक) जिल्लाहरुमा संचालन गरिएको उक्त  अभियान अन्तर्गत मंसिर महिनासम्ममा २३३ जना हराएका मानिस फेला पारि सम्बन्धित आफन्तलाई बुझाई सकिएको छ ।

हराएका मानिसको संख्या तथा  फेला पर्ने मानिसहरुको संख्याको आधारमा प्रथम स्थानमा जिल्ला प्रहरी कार्यालय दोलखा रहेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले हालसम्म ५८ जना मानिस फेला पारेको छ भने मकवानपुरले ४५ जना, सिन्धुलीले ४१ जना र चितवनले २५ जना मानिस फेला पारेको छ । यसैगरी काभ्रेले १५ जना, सिन्धुपाल्चोकले १३ जना, धादिङले ११ जना रसुवा र रामेछापले ९÷९ जना तथा नुवाकोटले ७ जना मानिस ऊक्त अभियानअन्तर्गत खोजतलास गरी फेला पारेको छ ।

अभियान सुरु हुनुपूर्व ८२३ जना हराएका मानिसहरु फेला पर्न बाँकी रहेकोमा हाल यो अभियान शुरु भए पश्चात २३३ जना हराएका मानिसहरु प्रहरी गस्ती, प्रहरी र आफन्तको संयुक्त प्रयासबाट फेला पारिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय मातहतका जिल्लाहरुबाट हराई फेला पर्न बाँकी रहेका  ५९० जना मानसिहरुको तिव्र रुपमा खोजतलास कार्य भई रहेको छ ।

प्रतिकृया दिनुहोस्