धादिङमा भएको दुर्घटनामा एकको मृत्यु, १७ जना घाईते

  • समाचार यात्रा
  • १ साल अघि
  • 22 जनाले पढ़िसके

धादिङ : धादिङको गजुरी गाउँपालिका वडा नं २ बिहानीपम्प नजिकै दुईवटा सवारीसाधन एक आपसमा ठोक्किदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाईते भएका छन् ।

भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २६४४ नम्बरको बस र काठमाडौँबाट लमजुङको बेसीशहरतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रोबस मंगलबार एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

दुर्घटनामा माइक्रोबसमा सवार लमजुङको दोर्दि गाउँपालिका वडा नं ९ धरैनीटोल स्याउला बस्ने बिमला सुनारको मृत्यु भएको छ । दुर्घटनामा घाईते भएका उनको उपचारको क्रममा मृत्यु भएको धादिङका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्