- समाचार यात्रा
- २ साल अघि
- 297 जनाले पढ़िसके

सन्तोष न्यौपाने :
एक आफैमा पुर्ण संसार । म अहिलेको अवस्थाको नयाँ पुस्ता भएकाले वर्तमानमा नै नारीलाई सिर्जिन खोजे ।
जन्मनै पाउछु कि पाउदिन जस्ता गर्भे प्रश्न गर्दै जन्मिन्छिन, यदि जन्मिने सौभाग्य लेखेको भए मात्र, जन्मिए पनि न त छैठि हुन्छ न कुनै हर्ष, जुन कार्य छोरा या अति सरल शब्दमा भन्नू पर्दा पुत्र जन्मिएमा जस्तोसुकै घरबाट जन्मिएको भएपनी, रौनकता देखाउनै पर्ने, खसिबोका काटेर उत्सव मनाइनै पर्ने, रातभरी दियो बालिदिनु पर्ने ।
आमा एक नारी हुन, तिनैले एक पुरुषको जीवन अथवा वंशलाई निरन्तरता दिइन, जसले आफ्नो जन्मथलो छाडेर, बुवाआमाको काख छाडेर, साथीहरूको साथ छाडेर, दस धारा आँसु बगाउदै एउटा अन्जान सहरगाउँ परिवेश र दैले भित्र हास्दै मुस्कुराउदै भित्रिन्छिन। त्यो दिन उनको नाम करण हुन्छ “बुहारि” । छोरीबाट बुहारी अनि सुरु हुन्छ नयाँ यात्रा जहाँ अनेक सम्बन्ध सुरु हुन्छन् ।
बुहारी, देउरानी, जेठानी पत्नी, आन्टी, ठुलोमम्मी, माइजू, भाउजू जस्ता अनेकन सम्बन्ध । यस्तै अनेक नाम दिइएका सम्बन्ध साथ साथै जिम्मेवारी पूरा गर्दै सुरु हुन्छ नारी यात्रा। यो पुरुषप्रधान भनिने समाजको एक त्यस्तो हिस्सा जसले हरेक परिवारमा रौनकता फैलाउछिन, यिनै नामका सम्बन्धहरुबाट पिल्सिदा पिल्सिदै फेरि अर्को नयाँ सम्बन्ध बनाउने भन्ने माग भनम या आसा पलाउछ ।
कतिपय त यो कुरामा परिपक्क भैसकेका हुदैनन पनि। श्रीमानको खुसी, घरपरिवारको इज्जतका लागि भए पनि आफ्ना इक्ष्याहरुलाइ कुल्चिनु सिबाए कुनै बिकल्पै देख्दिनन ।अनि सुरु हुन्छ बुहारी देखि आमा बन्दै गर्दा को यात्रा छोरी- बुहारी -आमा । परिवारमा खुसी दिन र आफुलाइ बाझी जस्ता उपनाम हरु बाट मुक्त गराउन भएपनी उनी खुसी नि देखिन थाल्छिन। सुरुको तीन महिना केही निल्न सक्दिनन। आलस्यपनले घेर्छ, केही खायो घाटिमै बेर्छ, शरीरमा सेता धर्काहरुले केर्छ।
यस्तै अनेक पीडाहरुलाई नयाँ जीवन दिने आस मा बिर्सिएर नौ नौ महिना कसरी पुर्ण रुपमा बिताउछिन । त्यो एक आमा भन्दा अरु कसैले सायदै व्यक्त गर्न सक्दैन होला पनि । लगातार पेट मा करिब पांच छ वटा इट्टा बोके बराबर को वजन सायदै भारी हुन्छ होला। अनि भारी बिसाउने अनि नया जीवन दिने अठोट सुरु हुन्छ। त्यो प्रसब पीडा, रगताम्य शरीर, त्यो चिच्याहट, अनि त्यो असहजता मा उनी छट्पटाउछिन म अनि गुन्जिन्छ एक नयाँ आवाज च्याहा च्याहा। अनि नारी पुर्ण रुपले आमा बन्छिन ।
जन्म त दिइन अब कर्म कस्तो दिने, संस्कारका कुराहरूले पिरोल्छ। त्यस्तै त्यस्तै कुरा र जिम्मेवारीले च्यापेको सिङ्गो धर्ती जननी हुन नारी । जस्ले टुक्राटुक्रा परेको मन, समाज र आत्मा लाई जोड्न अथक प्रयास गर्छिन । जस्ले आफ्ना खुसी लाई पैताला मुनि पुरेर आफ्ना हरुको ओठ मा हासो खोज्छिन। मुस्कान खोज्छिन आफू रोएरै भए पनि आफ्ना सम्बन्ध हरुलाइ हसाउछिन । धर्तीलाई बोझ भनेर नाम दिएकी नारी ले सारा धर्तिको बोझ लाई आफ्नो काध मा राखेर खुसी हुन सक्ने सामर्थ्य राख्छिन। नारी “जननी”