प्रियपात्र

  • समाचार यात्रा
  • २ साल अघि
  • 478 जनाले पढ़िसके

सन्तोष न्यौपाने :
जन्म र मृत्यु बिचको समयलाई जिन्दगी भनिन्छ भनेर त सबैले सजिलै भनिरहेको सूनिन्छ तर त्यो जन्म र मृत्यु को बिच को समयमा मानिस कति पटक मर्छ कसैलाई थाहा नहुने रैछ।कसैले मिठा याद हरु बटुल्छ त कसैले तिता संघर्ष, हुन त सबैको जीवन मा कुनै न कुनै अकल्पनीय घटना  घटेकै हुन्छ कसैले सहजै बिर्से जस्तो गर्छ्न त कसैले तेहि पात्र लाई बिरोधक को नाम दिन्छन।

मैले एउटा तेस्तो प्रियपात्र भेटाए जस्ले आफ्नो अतीत  अनि आफ्नो सर्बस्व लाई आफ्नो हौसला बनाएर अगाडि बड्यो,, संघर्ष का पाठ दैनिकी पढ्यो। भोग्यो रोयो करायो । तर पनि  आफ्नो लगाव अनि बाटो छाडेन।जिन्दगीमा आउने अनेक प्रश्न हरुको उचित होस या अनुचित उत्तर दिन्थेयो र सिक्थेयो। जसले मलाइ आज आज जिउन सिकाएको छ।

जो छ र म आज म छु, म हु भनेर मैले मलाई चिनेको  छु। जसले मलाई पछाडी सरेका पाइला अगाडी लम्काउन सिकायो। जसले मलाई हास्न सिकायो। हरेक चुनौती हरु पछी सफलता हुन्छ, अगाडि बढी सकेका पाइला लाई मोड्नु हुदैन तिमी सफलता को नजिक पनि त हुन सक्छौ नि भन्दै हरेक कन्भर्सेसन मा सम्जाउथेयो । हो तेहि हो मेरो प्रियपात्र।

मैले म संग के छ र? के मा चित्त बुजाम? जस्ता अनेकन प्रस्न गर्दा उसको एउटै मात्र जबाफ हुन्थेयो । तिमी छौ नि तिमी संग अरु त कोहि रहदैन्न । येस्तै बिचारधारा हरु ले मलाइ म बनायो र त म आज मुस्कुराउन सक्ने भएको छु। म बल्ल म भएको छु। म मा भएको सोझोपन ले गर्दा त हैन नि म येस्तो भएको भन्दा उस्को एउटै उत्तर हुन्थेयो, आधुनिक युग को आधुनिक पहिचान बनाउनै पर्छ र? म सहरिया हो भनेर जनाउनै पर्छ र? एक्लै हिंड्न मन छ भने तिम्लाइ ? के कसैको हात तिमिले समाउनै पर्छ र?

येस्तै येस्तै अनेकन प्रश्न र उत्तर संग प्रगाढ बनेको छ। हाम्रो सम्बन्ध ।  हरेक समय मा त भन्न सकिएन तर एक अर्का को दुख मा भने कहिले छुटिएका छैनौ।  हाम्रो समय सहि  छ र हाम्ले पनि गलत गरेको छैनम भन्दै हास्दा हास्दै रुवाउने र रुदा रुदै हसाउने येहि हो मेरो……………. प्रियपात्र❤️❤️

प्रतिकृया दिनुहोस्