जन्मदिनको शुभकामना तिमिलाई….

  • समाचार यात्रा
  • २ साल अघि
  • 549 जनाले पढ़िसके

सन्तोष न्यौपाने  :

म सधै भन्ने गर्छु आफ्नो मान्छेलाई धन्यवाद भन्नू पर्दैन रे तर मलाई यी शब्दहरु संग खेल्न सिकाएकोमा तिमिलाई धेरै धन्यवाद । आशा छ मलाई नबुजे पनि यी शब्दहरुको भाव बुज्न थोरै भए पनि कसरत गर्नेछौ। चाहेर पनि हुन नसकेको तिमी, नचाहे पनि याद आउने तिमीलाई भगवानले पनि किन भेट गराइदिनु भाको होला है। उहाँ पनि लिला मात्र गरिसिन्छ।

शरद ॠतुको चिसो याममा रापिलो घाम बनेर, आँगनीको डिलमा मुस्कुराइ रहेका सयपत्री, मखमलि र गुरदौलीको मिठो गन्तब्य बनेर, हरेक तिहारमा दिदिबहिनी सम्झेर रुने ती दाजुभाईको मुहारको हर्ष बनेर, कुलको इज्जत, आमाको मेरुदण्ड र बाबुको भरोसा बनेर र मेरो लागि एक मीठो किस्सा बनेर जन्मिएकि तिमि। खै के दिउ र म तिमिलाई जन्मदिनको उपहार के नै छ र म संग।

जिवनका आराेह र अवराेहहरु सजिलै सामाना गर्दै, रङ्गमन्च सरि जिन्दगीका अनेकाै आशा र चाहानाहरुलाई सजिलै मुर्त रुप दिन सक्ने क्षमता बाेकेकि तिमिलाई शरदकाे चिसाे याममा जन्मदिनकाे असिम सुबेच्छा सहित हृदय भरिकाे माया । मेरा यी शब्दलाई उपहार सम्झेर ग्रहण गरि बक्सेला ।

आज तिम्रो जन्मदिन खै के भनेर शुभकामना दिउ मसंग न त कुनै शब्द नै छैन । हुनत म तिम्रो जिन्दगी मै नभाको मान्छे, यी बनावटी शब्दले जति सिगारे पनि तिम्रो मुहारमा कुनै चमक आउदैन होला। मलाइ कहिल्यै नभुल्नु त भन्दिन म, जति भन्यो तेति नै सम्बन्ध कमजोर हुदै जादो रहेछ । हैन भने अहिले पनि हामिले देख्न सक्छौ मन्दिर मा गएर खायका ति कसम सगै नभएनि मन देखि नजिक हुन पाइओस आज जति नजिक छौ सदा यस्तै हुन पाइओस भनेका नै थियौं । खै का पुरा नै भयो र ? न त तिमिले नै पुरा गर्न सकेउ न त मैले नै ।

आज पनि का सम्झिन छोडेको छु र म ! तिमिलाइ तिम्रो त्यो बोलि मलाई दुख पर्दा को सहयोग त्यो आत्मियता कसरि पो बिर्सन सकुला र म। अझै भन्नु पर्दा त्यो भेट , त्यो आत्मियता अनि त्यो रमाइलो पलसम्झिदा पनि आखाको डिलमा आँसु सधै डगमग डगमग भै रहन्छ। आसु कहिल्यै रोकिदैन रोकियोस पनि कसरी आफुलाई भन्दा बढि माया गरेको मान्छे हौ तिमि । जति बेला पनि मेरै नजिक भए हुन्थ्यो जस्तो लाग्नि तिमि ,जति बेला पनि मैसग कुरा गरे हुन्थ्यो जस्तो लाग्नि तिमी, अनि मेरै वरिपरि भए हुन्थ्यो जस्तो लाग्नि तिमि , खै आज का हराएउ खै आज का बिलाएउ यति सजिलै बिर्सन सकेकै हौ त त्यो पल?? फोन को गुगल फोटो भरि तिम्रो र मेरो फोटो मात्र छ मुटु फुट्ला जस्तो भएर आउछ तिमिलाइ हेर्छु अनि ति दिन ति रात सबै याद गर्छु बर्बरि आसु झार्छु अरु त गर्न नै के सकिदो रहेछ र यहि जिन्दगिभर रुन को लागि त नजिक भएको रहेछौ ।

फेरि आसु पनि कहाँ जो- कोहि को लगि बग्दो रहेछ र जो आफ्नो लाग्छ जस्लाइ बिर्सनै सकिन्न अझै भन्नु पर्दा जस्लाइ बिर्सनै चाहान्न उस्कै लागि त रहेछ। हेर त केही बर्स पहिले हामि कस्तो थियौ मैले यो भनिरहदा केहि याद आयो?? कास अब फेरि फर्किएर त्यो दिन मा जान मिल्नि भए तिमिसंग तेसै गरि नजिक हुन मिल्नि भए । याद होला नि है , म बर्थ डे स्रपराइज दिन पुगिसक्दा बाहिर बाट तिमिले का हो भनेर फोन गर्दा म बिजि छु पछि गर्छु है भन्दाको तिम्रो प्रतिक्रिया ।हेर त आज का बाट जानु त्यो दिनमा न त म नै नजिक छु न त तिमि नै ।

अनेकौं नामले पुकारिने तिमि , मलाइ नभुल है भनरहन्थ्यौ !अब कस्ले भन्ला !! य्स्तै रहेछ जिन्दगी तिमिलाइ गुमाएपनि यो मन मा सधै भरि सजाउन पाउ कोहि त थियो मेरो जो धेरै माथि थियो भन्ने फिल भैराखोस ।अरु केहि गर्न नसकेनि जिन्दगिभर सम्झिएर रुन पाइनै राखु । धेरै भन्न मन थियो पापि आशु ले का लेखन दिदो रहेछ र । फेरि पनि जन्मदिन को अनगिन्ती शुभकामना ।सदा हासिखुसि रहनु तिम्रो मन ले आटेका सबै काम पुरा होउन।खुसि अनि सुखि रहनु ।धेरै धेरै माया । धेरै सम्झना।

प्रतिकृया दिनुहोस्