स्वतन्त्र उम्मेद्बारी विकल्प कि ट्रेन्ड ?

  • समाचार यात्रा
  • २ साल अघि
  • 523 जनाले पढ़िसके

राहुल राज अधिकारी :

१० वर्षे जनआन्दोलन पश्चात् मुलुकले गणतान्त्रिक शासन व्यवस्था प्राप्त गरेको भर्खरै जस्तो लाग्दै छ। १०४ वर्षको राजतन्त्रको विसर्जन अनि ५/६दशकको नेपाली काङ्ग्रेस अनि नेकपा एमाले र अन्य केही दलहरुको बीचबाट वैकल्पिक शक्तिको रुपमा नेकपा माओवादीले गणतन्त्र नेपालको पहिलो निर्वाचनमा बहुमत ल्याउन सफल भयो।

त्यतिबेला सबै नयाँ उमेदवार नयाँ एजेन्डा अनि त्यो भन्दा माथि काङ्ग्रेस एमाले र राप्रपाको विकल्प ।अनि साथसाथै ट्रेन्ड। त्यसपछी सरकार बन्ने र ढल्ने प्रक्रिया हुँदै गए ति विकल्पमा आएकाहरुबाट पनि आशातित उपलब्धि कमै देखियो ।।फेरि आम जनतामा निराशा पैदा हुन थाले ।मुलुकले दोस्रो निर्वाचन आवश्यक ठान्यो।

२०७० सालमा फेरि निर्वाचन भयो।सबै उस्तै एजेन्डा उहीँ पुराना अनुहार अनि केही २०६४मा बहुमत ल्याएका माओवादीका भाइरल उम्मेद्बारहरु बीच प्रतिस्पर्धा भयो।तर नतिजा अघिल्लो निर्वाचनमा बहुमत ल्याएका माओवादीहरुले पनि खासै सिट सुरक्षीत गर्न सकेनन कारण ट्रेन्डिङ्ग सकिसकेको थियो।

२०७२ असोज ३ गते नेपालको नया संविधानको घोषणा भयो।।त्यसपछी तत्कालीन नेकपा एमालेको अध्यक्ष केपि शर्मा ओलि प्रधानमन्त्री भए।।उनको कार्यकालमा भारतले नेपालमा नाकाबन्दी लगायो।अनि त्यही जन्मियो राष्ट्रवादको ट्रेन्ड।।।महङ्गिको सामना गरेरै उनले नाकाबन्दीमा भारतसङ्ग नझुक्ने भनेर आफू राष्ट्रवादी भएको घोषणा गरे।।त्यही ट्रेन्डको फलो गर्दै २०७४मा नेपाली जनताले नेकपा एमालेको भाइरल नारा राष्ट्रवादलाई आत्मसात गर्दै केपि ओलिलाई फेरि प्रधानमन्त्री बनाउन भन्दै मतदान गरे।।तबसम्म हिजोको वैकल्पिक शक्ति नेकपा माओवादी र नया ट्रेन्डिङ दल नेकपा एमालेको गठबन्धन भैसकेको थियो।

दुइटा भाइरललाई राखेर चलचित्र बनाउदा २(४दिन मार्केटमा हल्लाखल्ला भएको हामिले दैनिक देखेकै छौ।हो त्यस्तै भयो नेकपा माओवादी र एमालेको गठबन्धन अनि केही दिनमै त्यो गठबन्धन पार्टी एकीकरण सम्म पुगे ।।अनि केपि ओलि बहुमत सहित नेकपाको साझा प्रधानमन्त्री भए।।अब के होला मुलुक परिवर्तन पक्का भन्नेहरुको लहर चल्यो तर त्यो एकता अनि ट्रेन्ड केही वर्ष चलेको मात्र थियो ५ वर्षको निम्ति तोकिएको सरकारको आयु एक्कासि कम भयो र प्रमुख प्रतिपक्षीलाई सत्ता बुझाउदै माओवादी केन्द्र अलग हुनपर्यो।

अलग हुदा सम्म एमालेमा पनि दुई धार भैसकेको थियो र बिस्तारै भाइरल राष्ट्रवादको ट्रेन्ड पनि सकिदै गएको थियो यसै बिच पार्टिका बरिस्ठ नेता माधव नेपाल र झलनाथ खनालले नया पार्टी नेकपा समाजवादि खोलेर नयाँ ट्रेन्ड ल्याउन भन्दै पार्टी छोडे।

यति सम्म आइपुग्दा नेपाली जनताले जुन जोगि आए नि कानै चिरेको रहेछन ।।चार मिठा बात गरेर हामिलाई झुक्याउने न हो भन्ने बुझ्न थालिसकेछन र राजनीतिबाट दिक्क भैसकेको भान हुँदै गैरहेको थियो। शासन व्यवस्था शासक र प्रणाली सबैमा परिवर्तन गर्दा पनि बेला बेला सिद्धान्त परिवर्तन गर्दा पनि मुलुक परिवर्तन जस्ताको त्यस्तै देखेर दिक्क भैसकेछन।।

मुलुकले दोस्रो स्थानीय तह २०७९को घोषणा गर्यो।।जनताको राजनैतिक वितृष्णा एकाएक बाहिर निस्किन थाले भटाभट स्वतन्त्र भन्दै सर्वसाधारणबाट उम्मेद्बारी आउन थाल्यो।।पुराना राजनेताहरु कोहिले यसलाई हलुका रुपमा हेरे त कोहिले जटिल अवस्थाको महशुस गरे।काठमाडौ, धरान धनगढी लगायतका ठुला स्थानिय तहमा सामान्य नागरिकले चुनाव जितेर आए।त्यसपछि चर्चा परिचर्चा हुन थाल्यो ।बालेन, हर्क साम्पाङ्ग अनि गोपाल हमाल हरु राजनैतिक परम्पराका नया ट्रेन्डिङ अनुहार बनेर राजनीतिमा उदाए। जनताको मत र साथ व्यापक बटुल्दै थुप्रै राम्रै कामहरु गर्दै छन।ठुला राजनितिक दललाई एउटा च्यालेन्ज बन्दै छन।

यो ट्रेन्ड हो या विकल्प तर व्याकुल जनताले केही हद सम्म खुशिको आभास गर्न थाले।।आगामी मङ्सिरमा सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेसङ्गै सयौ नया अनुहारहरुले स्वतन्त्र उम्मेद्बारी घोषणा गर्दै छन।।यी अनुहार विकल्प बन्लान कि उहीँ बालेन हर्क जस्तो ट्रेन्डी बन्ने हो केही थाहा छैन।

विकल्पमा आउने कतिसङ्ग स्पस्ट योजना छन त कति लहैलहैमा आफुलाई योग्य ठान्दै छन। यिनिहरु परिवर्तन भन्दै आउदा कति सिद्धान्तवादी छन कति धर्मवादि कति कर्मवादी त कोहि राजावादि अनि कोहि गाजावादी सबैले आफुलाई अब्बल र उत्कृष्ट भनेका छन।

भाइरल भेलुबाजे अनि सचिन परियार जसरी हुरहुरी उम्रीएका स्वतन्त्र हरु के सधै स्वतन्त्र रहिरहन सक्लान रुसबैभन्दा गहन विषय त यो छ कि भोलि स्वतन्त्र भन्नेहरु सत्तामा पुगेभने आजका राजनैतिक दल भन्दा माथिल्लो हैसियतमा रहन्छन या यिनै दलको नियन्त्रणमा बस्छन होलारु
त्यस्तै अहिलेको नया ट्रेन्ड आफुलाई वैकल्पिक शक्ति भन्दै नया दल दर्ता गर्ने रवि लामिछाने अनि रबिन्द्र मिश्रहरु के साच्चै विकल्प बन्लान या ट्रेन्डिङ ?

प्रतिकृया दिनुहोस्