- समाचार यात्रा
- २ साल अघि
- 668 जनाले पढ़िसके

सन्तोष न्यौपाने :
हरेक बर्ष नाग पन्चमीको पुजा गरेपछी, चाडपर्वलाई स्वागत गरेको बुज्ने हामी नेपालीजन ! टाढा टाढाका चेलिबेटिलाई डाकेर होस या विदेसिएका छोराछोरी आएर होस स-परिवार संगै रहेर पर्व मनाउनुको रौनकताको आनन्दपन क्या मज्जाको । संस्कृतिले सम्पन्न हामी, आत्मियताले सम्पन्न हामी, फरकफरक जात-जाती, बहुभाषिक, फरकफरक भेषभुषा अनि रितितिथि भएपनि हामी नेपालीको मिलेर बस्नु पर्छ भने एक मनस्थितिले सधै एकताको सन्देश दिएकै छ । सांस्कृतिक, धार्मिक अनि सामाजिक आधारमा बिश्वका धनि मानिने देश भन्दा कैयौं अगाडि हाम्रो मातृभुमी रहेको भान हामी सबैलाई हुन्छ र बिश्व जगतमा यो सन्देश पनि प्रवाह भएको छ।
आर्थिक विकासमा गति लिन नसकेको हाम्रो देश, राजनितीक अस्थिरता, विश्वव्यापिकरण, खुला सिमाना र व्यापारका कारण हाम्रो संस्कृति, धार्मिक सहिष्णुता तथा सामाजिक एकतामा खलल पुगेको पाइन्छ। पश्चिमी देशको बढ्दो प्रभाव र बिदेशी संस्कृतिको आयातले हाम्रो रिति- थितीलाई असर पुर्याएको देख्न सकिन्छ। विदेशी संस्कृति भित्रनु ठूलो कुरा हैन, आफ्नो रितिरिवाज भुल्दै जानुले चाहिँ अलि फरक अर्थ राख्दो रहेछ।
पुराना- पुरान भाका अनि भगवानको नाममा हाम्रो आमाहरुले गाउने त्यो तिजको भाका खै कहाँ हरायो। चेलीबेटि बोलाएर एक विशेष दिनमा मीठो मसिनो खाएर, आपसमा दु : ख सुख साटिन्थ्यो र पो तिज आएको भान हुन्थ्यो। बड्दै गएकी भड्किलोपन अनि देखावटी ले पर्वको मर्म त ख्याल गरेन गरेन यस्ले समाजमा बेथिति निम्त्याएको पाउन सकिन्छ।
तिज सकिए लगत्तै, मालचराहरुको बथान देख्न साथ, वातावरण मा एउटा छुट्टै मौसमा को अनुभव हाम्रो मनले गर्न थाल्दछ। नेपालीको सबभन्दा ठूलो चाड बडादशै भित्र्याउन हामी सबै नेपाली आतुर हुन्छौ। मेलापातको काम छिटोछिटो सकेर, जसरी पनि फुर्सद निकाल्नु पर्छ है भन्ने कुराले कति उमंग को सन्देश प्रवाह गर्दछ। लाहुरे हरुको आगमन, रातोमाटो अनि सेतो कमेरोले घर पोत्नुको मजा ! छोराछोरीको आगमनलाई कुरेर बसेका ती बा-आमाको दृश्य कति सुन्दर देखिन्छ। भगवान तथा देवि देवाताको नाममा गरिने आजापुजा ले एउटा छ्ट्टै आस्था सिर्जना गरेको छ। अझ त्यो निधारको रातो टीका अनि कानको पहेलो जमारा ले कति सुन्दरता ले हामी नेपाली मन बाट पनि यत्तिकै सुन्दर छौ भन्ने इंकित गर्दछ।
बडा दशैले विदाई लिन नपाउदै आउने तिहार पर्वको आफैमा एक पहिचान छ । दिदीबहिनी र दाजुभाइमा माया साटासाट गरेर मनाइने यो चाडले हामी सबैको परिवारमा खुसीको बहार भरेर ल्याउछ। पछिल्लो दिनमा यी सबै चाडपर्वको महत्त्व घटेको हो कि भन्ने आवश आउँछ । गाउँ घरमा झिलिमिली बत्ती र देउसी भैलोको मादलुको धुनले गाउँंघर गुन्जिन्थ्यो र पो दिपावली आए झै लाग्दथ्यो। स्कुलमा साथिभाईसँग देउसी खेल्न गरिने त्यो सल्लाह, आफु भन्दा ठुला दाइ दिदीलाई गित लेख्न लगाएर ठाँउ ठाउँमा गरिने त्यो तयारीले बल्ल देउसि भैलिको झल्को दिन्थ्यो।
औसिको दिनमा गाउभरी गाईपुजा गरेपछी तोरण र बसुधारा हेर्दै भैली खेल्न हिडिन्थ्यो र पो मन खुसिले गदगद हुन्थ्यो। सानो छ्दा डम्फु र मजुरा बोकेर गाउभरि हिडियो। न लाइट थियो न त कुनै पाको मान्छे । क्या मजा आउन्थ्यो सल्लेरी को वन मा धार्ने को बोट लाई बाघ भनेर लडिबुडी गर्दै साथि साथी लड्दा। ठुला दाइदिदिसंग मादल र साउन्ड सिस्ट्ममा देउसी खेल्न पाइन्छ भनेर छिटो उमेर गएर ठूलो भए हुन्थ्यो भन्ने हुन्थ्यो र पो चाडवाडको रौनकता थियो। हिजो लड्दैपढदै बलिराजा ले देउसी खेल्न पठाउने साथिलाई आज जिम्मेवारीले अरब पुरायो। हिजो सोलिभरि रोटि बोकेर टीका लगाइदिन आउने दिदी को आत्तोपत्तो छैन।
चिउरिको पात सुकेर गयो ,सयपत्री फुल देख्नै पाइदैन, मादल मा खरी भर्न जाने साथि प्रदेश मा भारी बोक्दै छ रे। भिर मा ओखर टुलुटुलु हेर्दै छ, खै त्यो स्वागत गित खै त तयो शुभकामना गीत। हिजो आफै मारुने नाच्ने बडाबा आज टेलिभिजनमा अरु नाचेको हेरेर आखाभरि आँसु देखाउछ्न। भाइलाई सम्झेर रुने दिदीहरु खै, दिदी खोज्ने भाइहरु खै ? गाउँमा झुन्डाएको तोरणको रोटि खादै हिडिन्थ्यो र पो मजा आउन्थ्यो। सम्झनामा दिन।
हामी सबै मिलेर यी चाडवाडको संरक्षण गर्नु पर्छ। अनि मात्र बल्ल गर्वका साथ हामी नेपाली हाम्रो पहिचान भन्दै छाती फुल्लाउन सकिन्छ। जय देश , जय जननी।।।