जुकरवर्गले मेटाका ११ हजार कर्मचारी हटाउने

  • समाचार यात्रा
  • १ साल अघि
  • 68 जनाले पढ़िसके

काठमाडौ : अमेरिकी प्रविधि व्यवसायी तथा फेसबुकका संस्थापक मार्क जुकरबर्गको कम्पनी मेटाले बुधबार ११ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ ।

वासिङटन डिसी : अमेरिकी प्रविधि व्यवसायी तथा फेसबुकका संस्थापक मार्क जुकरबर्गको कम्पनी मेटाले बुधबार ११ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ ।

फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप लगायतका सबै कम्पनी मेटा अन्तर्गत आउँछन्, जसमा ८७ हजारभन्दा बढी मानिस काम गर्छन्।

मार्क जुकरबर्गले यो निर्णयलाई मेटाको इतिहासमा सबैभन्दा कठिन निर्णय भनेका छन् ।

यो कदम पछि मार्क जुकरबर्गले एक विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘मलाई थाहा छ यो सबैका लागि गाह्रो छ र म यस निर्णयबाट प्रभावित सबैसँग माफी चाहन्छु।’

मार्क जुकरबर्गले यो निर्णयको श्रेय कोरोना महामारीको समयमा बढेको नाफाका कारण व्यापार वृद्धिको दीर्घकालीन अपेक्षालाई दिएका छन् । उनले लेखेका छन्, ‘धेरैले यो बूम स्थायी हुने अनुमान गरेका थिए। मैले पनि त्यही अनुमान गरेको थिएँ । त्यसैको आधारमा मैले आफ्नो लगानीमा उल्लेख्य वृद्धि गरेको छु । तर बृहत् आर्थिक गिरावट अर्थात् आर्थिक वृद्धि सुस्त हुनु र बढ्दो प्रतिस्पर्धाका कारण नाफा अपेक्षाभन्दा बढी घटेको हो ।’

 

प्रतिकृया दिनुहोस्