हावामै चार्ज हुनेछन् स्मार्टफोन

  • समाचार यात्रा
  • १ साल अघि
  • 60 जनाले पढ़िसके

काठमाडौं : आफ्नो स्मार्टफोन चार्ज गर्न तपाईं कुन–कुन तरिका प्रयोग गर्नुहुन्छ रु तारयुक्त चार्जर वा वायरलेस चार्जिङ प्रविधि । वायर्ड चार्जरमा पनि विभिन्न खालका अप्सन उपलब्ध छन् । यसमा फास्ट तथा सुपरफास्ट चार्जिङ जस्ता विकल्प हुन्छन् । तर तपाईंको फोन चार्ज गर्नका लागि विद्यमान तारयुक्त चार्जर वा वायरलेस चार्जिङ दुबै आवश्यक पर्नेछैन भविष्यमा । किनकी हावाले नै स्मार्टफोन चार्ज गरिदिनेछ ।

जसरी हाल वास्तविक वायरलेस इयरफोनको प्रयोग आज तपाईं गरिरहनुभएको छ त्यस्तै ट्रू वायरलेस चार्जिङ प्रविधि उपलब्ध हुनेछ । उक्त प्रविधिको नाम इखभच त्जभ ब्ष्च चार्जिङ टेक्नोलोजी हो । यो प्रविधिमा स्मार्टफोनलाई कुनै तारविनै हावामै चार्ज गर्न सकिनेछ ।

सन् २०२१ को सुरुवातमा शाओमी तथा अन्य कम्पनीहरुले यो प्रविधिमा काम गरिरहेको बताएका थिए । शाओमी कम्पनीले यसको नमूना पनि देखाएको थियो जसमा चार्जिङ बक्समा १४४ एन्टिनाको प्रयोग गरिएको थियो ।

इसको सहयोगमा वेभ सिग्नल प्रशारण हुन्छन् । ती सिग्नलहरु १४ एन्टिनाको सहयोगमा स्मार्टफोनसम्म पुग्दछन् । जसले सिग्नललाई ५ वाटको ऊर्जामा बदलिदिन्छ । यसबाट स्र्माफोन हावामै चार्ज हुन थाल्दछ । कम्पनीले यो प्रविधिलाई Mi Air Charger नाम दिएको छ ।

प्रतिकृया दिनुहोस्