जापानले पनि पठायो चन्द्रमामा यान

  • समाचार यात्रा
  • ८ महिना अघि
  • 65 जनाले पढ़िसके

काठमाडौं । जापानले चन्द्रमामा अध्ययनका लागि मुन ल्यान्डर पठाएको छ। खराब मौसमका कारण बारम्बार रद्द हुँदै आएको जापानको चन्द्रमा मिशन बिहीवार सफल रुपले लन्च गरिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार स्लिम (स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ्ग मून) नामको उक्त मिसन चन्द्रमाको सतहमा करिब पाँच महिना भित्र अवतरण गर्ने सम्भावना रहेको जापानिज एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले जनाएको छ ।

यदि जापानको यो मिसन सफल भयो भने जापान चन्द्रमाको सतहमा अवतरण गर्ने विश्वको पाँचौ मुलुक बन्ने छ ।

हालसम्म विश्वका चार मुलुक अमेरिका, रूस, चीन र भारतले मात्रै चन्द्रमामा आफ्नो सफल अवतरण गर्न सकेको छ । भारतले केहीदिन अघि मात्रै चन्द्रमामा सफल अवतरण गरेको थियो ।

जापानको यो परियोजना १० करोड डलरको रहेको पनि बताइएको छ ।

प्रतिकृया दिनुहोस्