- समाचार यात्रा
- १ साल अघि
- 89 जनाले पढ़िसके

काठमाडौं । सर्वोच्च अदालतले कोसी प्रदेशमा प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले कोसीका संसदीय दलको नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।
१६ साउनमा मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । सोहीविरुद्ध एमाले संसदीय दलका नेता कार्की सर्वोच्च आएका थिए ।
सोही मुद्दामा न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले सभाको अध्यक्षता गरेका व्यक्तिले दिएका मतलाई संविधानसम्मत भन्न नमिल्ने ठहर गरेको हो ।
विश्वासको मत बदर गर्दै इजलासले मुख्यमन्त्री थापालाई पदमुक्त गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सभामा निर्णयार्थ पेस भएको प्रस्तावको पक्षमा बहुमत प्राप्त हुनु वा नहुनु दुवै स्थिति संविधानतः आफैँमा निर्णयक अवस्था मान्नुपर्ने देखिन आउने बताए ।
थापा २१ असारमा संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।