कोसीका मुख्यमन्त्री थापाले पाए विश्वास मत

  • समाचार यात्रा
  • १ साल अघि
  • 134 जनाले पढ़िसके

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वास मत पाएका छन् ।

सोमबार भएको मत विभाजनमा उनले विश्वासको मत पाएका हुन् । बैठकमा ७७ सांसद उपस्थित थिए । मुख्यमन्त्री थापाले ४७ मत पाए । विपक्षमा ३० मत खसेको छ ।

सभाको अध्यक्षता गरिरहेका सांसद इसराइल मन्सुरीले मतदान गरेपछि विपक्षीको नाराबाजी र होहल्लाबीच थापाले विश्वासको मत पाएको घोषणा गरिएको हो ।

मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी मन्सुरीले विश्वासको मत दिएका हुन् ।

मत विभाजन सकिसकेपछि प्रतिपक्ष दलका सांसदहरूले नाराबाजी गरेका थिए । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

प्रतिकृया दिनुहोस्