मिति लोड़ीङ्ग हुँदैछ...

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना, कम्तीमा ६६ जनाको मृत्यु

  • समाचार यात्रा
  • १ हप्ता अघि
  • 42 जनाले पढ़िसके

काठमाडौं । कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका छन् ।

अधिकारीहरूले देशको दक्षिणमा उडान भरेको केही समयपछि नै वायुसेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् ।

वायुसेना कमान्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा ११४ सैन्य कर्मचारी र ११ चालक दलका सदस्य सवार रहेको बताए । यो अमेरिकी निर्मित सी–१३० हर्कुलस विमान थियो, जुन सेना ओसारपसार गर्न प्रयोग गरिन्छ ।

विमान पुटुमायो प्रान्तको प्यूर्टो लेगुइजामो सहर नजिकै दुर्घटनाग्रस्त भएको हो । उक्त क्षेत्रमा पठाइएका आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस्