मिति लोड़ीङ्ग हुँदैछ...

न्युजिल्याण्डलाई हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि

  • समाचार यात्रा
  • ३ हप्ता अघि
  • 57 जनाले पढ़िसके

काठमाडौं । न्युजिल्याण्डलाई हराउँदै भारतले तेस्रो पटक टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । योसँगै भारत लगातार दुई पटक टी-२० विश्वकप जित्ने टिम बनेको छ । टी-२० विश्वकपको उपाधि आयोजक टिमले जितेको यो पहिलो पटक हो ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा न्युजिल्याण्डले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको भारतले टी-२० विश्वकपको फाइनलमा २५५ रन बनाएको थियो ।

भारतका लागि सञ्जु सामसनले सर्वाधिक ८९ रन बनाएका छन्। त्यस्तै अभिषेक शर्माले ५२ र इशान किशनले ५४ रन बनाएका छन्। शिवम दुबेले ८ बलमा २६ रन जोडेका छन्। न्युजिल्याण्डका जिम्मी निशमले ३ विकेट लिएका छन्।

२५६ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको सुरुवात राम्रो हुन सकेन। सेफर्टको ५२ र कप्तान सान्टनरको ४३ रन बाहेक कुनै पनि ब्याट्सम्यान भारतीय बलरका अगाडि टिक्न सकेनन्। न्युजिल्याण्डको टोली १९ ओभरमा १५९ रनमा अलआउट भएको छ। टी-२० विश्वकप क्रिकेटको फाइनलमा रनको हिसाबले न्युजिल्याण्डले यो सबैभन्दा ठूलो हार बेहोरेको छ।

प्रतिकृया दिनुहोस्