मिति लोड़ीङ्ग हुँदैछ...

दुर्गा प्रसाईं फेरि पक्राउ

  • समाचार यात्रा
  • १ महिना अघि
  • 56 जनाले पढ़िसके

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार बिहान निवासबाटै उनलाई पक्राउ गरेको हो ।

‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रसाईं पछिल्लोपटक फागुन ४ मा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए । उनी पटकपटक पक्राउ पर्दै छुट्टै आइरहेका छन् ।

प्रतिकृया दिनुहोस्