मिति लोड़ीङ्ग हुँदैछ...

इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि, ४० दिने शोक घोषणा

  • समाचार यात्रा
  • १ महिना अघि
  • 133 जनाले पढ़िसके

काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ ।

इरानका सरकारी टेलिभिजन र विभिन्न मिडिया आउटलेटहरूले सर्वोच्च नेता खामेनी मारिएको पुष्टि गरेका छन् ।

खामेनीसँगै उनकी छोरी, ज्वाइँ, बुहारी र नाति पनि मारिएको इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युजलाई उद्धृत गर्दै अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गरेका थिए । आइतबार बिहान मात्रै इरानी अधिकारीहरूले पनि उनको मृत्यु भएको पुष्टि गरेको त्यहाँका सञ्चारमाध्यमहरुलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ ।

सर्वोच्च नेता खामेनीको मृत्युपछि इरानमा ४० दिने सार्वजनिक शोक घोषणा भएको छ ।

 

प्रतिकृया दिनुहोस्