मिति लोड़ीङ्ग हुँदैछ...

बैंक खाता खोल्ने काममा ढिलाइ नगर्न उमेदवारहरुलाई निर्वाचन आयोगको ताकेता

  • समाचार यात्रा
  • १ महिना अघि
  • 51 जनाले पढ़िसके

काठमाडौं । निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाइ नगर्न प्रतिनिधिसभाका उमेदवारलाई ताकेता गरेको छ । शुक्रबार (फागुन ८) आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको प्रचारप्रसारसम्बन्धी सबै खर्च सोही खाताबाट हुनुपर्ने भएकाले बाँकी रहेका उमेदवारहरूलाई तत्काल खाता खोल्न सचेत गराएको हो ।

सार्वजनिक बिदाका कारण पनि सो खाता खोल्ने काममा उमेदवारहरूलाई असहज हुनसक्ने देखिएको र अब यसलाई ढिलो नगर्न पनि सचेत गराइएको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताइन् । उनले उमेदवारहरूलाई खाता खोल्ने काममा बैंकहरूलाई सहजीकरण गर्न पनि आयोगले भनिसकेको उल्लेख गरिन् ।

आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा चुनावमा हुने खर्च पारदर्शी बनाउनका लागि उमेदवारहरूले बैंक खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रतिकृया दिनुहोस्