
- समाचार यात्रा
- १ महिना अघि
- 145 जनाले पढ़िसके
काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत आइतबार भएको तेस्रो खेलमा वेस्ट इन्डिजसँग नौ रनले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको छ ।
लगातार तीनपटक पराजित नेपाल समूह चरणबाट बाहिरिएको हो । यसअघि इटाली र इङल्यान्डसँग भएका खेलमा नेपाल पराजित भएको थियो ।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा आज भएको खेलमा नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो ।






