मिति लोड़ीङ्ग हुँदैछ...

नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगसमक्ष बुझायो प्रतिबद्धता पत्र

  • समाचार यात्रा
  • १ महिना अघि
  • 92 जनाले पढ़िसके

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धता पत्र निर्वाचन आयोगसमक्ष पेस गरेको छ । पार्टीको तर्फबाट उक्त प्रतिबद्धता पत्र आइतबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष बुझाइएको नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ अनुसार निर्वाचनमा सहभागी राजनीतिक दलहरूले आफ्नो घोषणापत्र वा प्रतिबद्धता पत्र फागुन ३ गतेभित्र अनिवार्य रूपमा बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ । सोही अनुरूप आयोगले यसअघि नै सबै दलहरूलाई निर्धारित समयसीमाभित्र आवश्यक कागजात पेस गर्न पत्राचार गरेको छ ।

प्रतिकृया दिनुहोस्