- समाचार यात्रा
- १ महिना अघि
- 66 जनाले पढ़िसके

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून बनाउन नदिनका लागि प्रतिपक्ष दलहरुले संसद अवरोध गरेको बताएका छन् ।
बुधबार काठमाडौंमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा शान्ति चाहिएको बताउँदै उपद्रो गर्ने छुट कसैलाई नरहेको बताए । उनले सरकारले कर्मचारी निकालेको जवाफ संसदमा प्रधानमन्त्रीले नदिए संसद चल्न नदिने कुरा राम्रो नभएको भन्दै चित्त नबुझे अरु प्रक्रिया रहेको बताए ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्नु नै आफ्नो जवाफ भएको बताऐ । तपाईंहरुले भनेको मान्ने कर्मचारीहरु राखिदिनुपर्ने हो ? भन्दै प्रश्न गरे । सरकारलाई असहयोग गर्ने, देशलाई अफ्ठ्यारोमा पार्ने कर्मचारी राखिदिनुपर्ने हो भन्ने उनको प्रश्न छ । देशलाई एक पाइला अघि बढ्न नदिने तत्वहरु अहिले बिरोध गरिरहेको उनको आरोप छ । १८ गते भित्र अध्यादेशलाई बिस्थापन गर्ने प्रतिष्थापन विधेयकहरु पारित हुनुपर्ने कुरा सबैलाई थाहा भएपनि कानून प्रमाणीकरण हुन नदिन यस्तो गरिएको बताए ।
नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै पार्टीको लागि ठूलो घाटा भएकाले छाती पिटीपिटी रोएको बताए ।