चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक

  • समाचार यात्रा
  • २ महिना अघि
  • 56 जनाले पढ़िसके

काठमाडौं । नेपाली चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक भएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।

काँडेतारमा खड्कासँगै गौरव पहारी, रेविका गुरूङ, सुरविना कार्की मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी र बाल कलाकारमा नादिया खड्का र सनया खड्का लगायतको अभिनय छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्र काँडेतारको कार्यकारी निर्माता सत्यकला राई हुन् ।

राष्ट्रवादी, चेतनामूलक एवं ऐतिहासिक विषयवस्तुका चलचित्रहरू निर्माण गरी नेपाली चलचित्र क्षेत्रमा अलग पहिचान बनाएका नायक एवं निर्माता खड्काको काँडेतार राष्ट्रवादी धाराको एक सशक्त चलचित्रको रूपमा लिइएको छ । चलचित्र फागुन २५ गते देशभरका सिनेमा घरमा प्रदर्शन हुनेछ ।

प्रतिकृया दिनुहोस्