दुबई लैजान लागेको विदेशी मुद्रासहित विमानस्थलबाट युवती पक्राउ

  • समाचार यात्रा
  • २ महिना अघि
  • 40 जनाले पढ़िसके

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई लैजान लागेको विदेशी मुद्रासहित एक युवती पक्राउ गरेकी छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ की १९ वर्षीया सुस्मिता गोलेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानबाट काठमाडौंबाट दुबई जान लागेकी उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।

उनको झोलाभित्र रहेको ५०० दरका २६० थान, २०० दरका ४१ थान, १०० दरका १०८ थान गरी जम्मा एक लाख ४९ हजार साउदी रियाल र ५०० सय दरका ९ थान, २०० दरका तीन थान, १०० दरका ४९ थान गरी जम्मा १० हजार यूएई दिराम बरामद गरिएको छ ।

प्रतिकृया दिनुहोस्