कृषि जग्गामा महिलाको पहुँच ३४.४ प्रतिशत

  • समाचार यात्रा
  • ५ महिना अघि
  • 73 जनाले पढ़िसके

काठमाडौं । कृषि जग्गाको स्वामित्व वा हक सुरक्षित गर्ने महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको पाइएको छ ।

राष्ट्रिय कृषि गणना २०७८ अनुसार कृषिमा आवद्ध ६२ प्रतिशत घरपरिवारमध्ये लैंगिक स्वामित्वको आधारमा कृषि जग्गाको स्वामित्व वा हक सुरक्षित गर्ने महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ ।

लैंगिक विश्लेषणको दृष्टिकोणले कृषक परिवारका कुल वयस्क पुरुषमध्ये ४२.९ प्रतिशत पुरुषको कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित रहेको तथ्यांकले देखाएको छ ।

बिहीबार ललितपुरमा कृषि जग्गाको स्वामित्वमा रहेको पुरुष र महिलाबीचको असमानताको विषयमा पहिलो पटक गरिएको तथ्यांक संकलन सार्वजनिक गर्दै यस्तो बताएको हो ।

त्यस्तै, कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुने वयस्क कृषि जनसख्या ३१.४ प्रतिशत रहेको छ । यस्तो तथ्यांक प्रदेशगत हेर्दा सबैभन्दा बढी ३४.६ प्रतिशत गण्डकी र सबैभन्दा कम २९ प्रतिशत कर्णाली प्रदेशमा रहेको राष्ट्रिय कृषिगणना २०७८ ले देखाएको छ । प्रदेशगत रूपमा वस्यक पुरुष र महिलाको कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित सबैभन्दा बढी वाग्मतीमा ४७.६ प्रतिशत र सबैभन्दा कम ४०.१ प्रतिशत मधेस प्रदेशमा रहेको देखिएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयमा सह–सचिव हेमराज रेग्मीले लैंगिक विश्लेषणको देृष्टिकोणले कृषक महिला र पुरुषको संख्या कति भनेर छुट्टै तथ्यांक संकलन गरिएको बताए ।

उनले २०० भन्दा बढी तथ्यांकमध्ये कृषि जग्गाको स्वामित्वमा पुरुष र महिलाबीचको असमानताको विषयमा पहिलो पटक राष्ट्रिय कृषिगणना २०७८ का तथ्यांकहरूलाई हेरेर वितरण सार्वजनिक गरिएको बताए ।

प्रतिकृया दिनुहोस्