धादिङको सल्यानटारमा प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेला सुरु

  • समाचार यात्रा
  • ६ महिना अघि
  • 88 जनाले पढ़िसके

धादिङ्ग ।आज देखि धादिङको सल्यानटारमा प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेला सुरु भएको छ । उक्त मेलाको उद्धघाटन आज पुर्ब प्रधानमन्त्री के.पी शर्मा ओलीले गरेका छन् ।

हामी सवैको कृषि तथा बहुउदेश्यिय सहकारी संस्था लि को आयोजनामा पहिलो पटक सल्यानटारमा हुन लागेको कृषि प्रदर्शनी तथा ब्यापार मेला कात्तिक २७ गते सम्म संचालन हुने छ । मेलाको आकर्षको रुपमा स्थानीय उत्पादनलाई प्रोत्साहन, कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइडूोपोनिक्स, मौरी पालन, जैबिक मल आदीको प्रदर्शनी, कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशनी रहने आयोजक बताएको छ ।

त्यसैगरी कृषि फूड फेष्टिवलका माध्यमबाट कृषिजन्य उत्पादन तथा परिकारको प्रवर्द्धन ९स्थानीय कृषि वस्तुको प्रवर्द्धन, पोषणमा सुधारको साथै आयात प्रतिस्थापनमा जोड र हरेक दिन स्थानीय तथा राष्टिूय कलाकारहरुबाट बेजोड प्रस्तुति समेत रहने छ । मेलाकै अवसर पारेर स्थानिय धार्मिक स्थलहरुको अवलोकन गराईने र प्रथम सल्यानटार डान्स आईडल २०८० समेत छनोट गरिने भएको छ ।

प्रतिकृया दिनुहोस्