मुक्तिनाथ कृषि कम्पनीले शेयर निस्कासन गर्न पायो बोर्डबाट अनुमती

  • समाचार यात्रा
  • ७ महिना अघि
  • 50 जनाले पढ़िसके

काठमाण्डौं । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणको लागि शेयर निश्काशन गर्न अनुमति पाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल १४ करोड रुपैयाँ बराबरका १४ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको हो।

कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्काशन पहिलो हुने भएको छ । यो शुरुवातसंगै संस्थागत रुपमा विकास हुन नसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागत विकास र अन्य नयाँ पब्लिक कम्पनीको आगमनको लागि प्रोत्साहन मिल्ने छ।

कम्पनीको आईपीओ निश्काशनको लागि मेगा क्यापिटल मार्केट्स धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

स्थापना कालदेखि कम्पनीले विभिन्न कृषि व्यवसायी, कृषक समुह तथा सहकारीहरुसंग सहकार्य गर्दै कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरु, प्रविधि र वित्तीय पहुँचमा सहजिकरण कसरी गर्न सकिन्छ र कृषकहरुले उत्पादन गरेको उपजहरुलाई उपभोक्त समक्ष कसरी सहज, सुलभ र सुरक्षित रुपमा पुर्याउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, उत्पादक कम्पनीहरुसंग सहकार्य गर्दे देशका विभिन्न भू(भागमा कृषि पेशा गर्दै आइरहेका कृषकहरुलाई सहजिकरण गर्नको लागि सोही अनुसार व्यवसायिक साझेदारी गरी व्यवसाय संचालन गर्दै आइरहेको छ ।

वि।स। २०७५ सालमा १ अर्ब अधिकृत पुँजी र ४० करोड जारी पुँजी सहित स्थापना भएको यस कम्पनीले सर्वसाधारणमा २० प्रतिशत शेयर जारी गर्ने भएको छ।

प्रतिकृया दिनुहोस्