जसपामा महाधिवेशन प्रतिनिधि बन्न  संगठन र समिति अद्यावधिक हुनुपर्ने

  • समाचार यात्रा
  • १ साल अघि
  • 97 जनाले पढ़िसके

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम संगठन र समितिहररू अद्यावधिक भएको हुनुपर्ने छ ।
अद्यावधिक नभएका कुनै पनि संगठन र समितिबाट महाधिवेशनको प्रतिनिधि हुन पाइने छैन ।  केन्द्रीय समिति महाधिवेशन आयोजक भएपनि स्वतः महाधिवेशन प्रतिनिधि हुने यस अघिको व्यवस्थालाई नयाँ विधानले हटाएको छ ।
अब पार्टीका केन्द्रीय समिति सदस्यहरू पनि तल्लो समिति वा संगठनबाटै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने छ ।
संगठन र समितिलाई नयाँ विधानबमोजिम अद्यावधिक गर्नका लागि पार्टीले तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरेको छ । संगठन र समिति पुनर्गठन र रुपान्तरण कार्य सम्पन्न भएसँगै पार्टी महाधिवेशनको प्रक्रियामा अगाडि बढ्ने छ ।
प्रतिकृया दिनुहोस्