- समाचार यात्रा
- १ साल अघि
- 140 जनाले पढ़िसके

काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–२, चालिसेबाट त्रिशूली नदीमा बस खस्दा आठजनाको मृत्यु भएको छ ।
काठमाडौंबाट म्याग्दीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ राजमार्गबाट करिब ४० मिटर तल खसेको धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिए । आज बिहान ११ः१० बजेको समयमा नदीमा खसेको उनले जानकारी दिए ।
नदीबाट २३ जनाको उद्धार गरिएकोमा आठजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बाँकी १५ जनाको स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको डीएसपी जैसवालले जानकारी दिए ।