भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार लगायो

  • समाचार यात्रा
  • ९ महिना अघि
  • 137 जनाले पढ़िसके

काठमाडौं । भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत भन्सार लगाएको छ ।

भारतको अर्थ मन्त्रालयले मूल्यवृद्धि नियन्त्रण गर्न र आन्तरिक बजारमा भान्साका सामग्रीहरुको सुनिश्चित गर्ने उद्देश्यले ४० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको हो ।

प्याजमा निर्यात शुल्क तत्काल लागु हुनेछ भने आगामी डिसेम्बर ३१, सन् २०२३ सम्म जारी रहने बताइएको छ । भदौमा प्याजको मूल्य निरन्तर उकालो लागेपछि निर्यातमा ४० प्रतिशत भन्सार दस्तुर लगाउने निर्णय भएको हो ।

आगामी महिना प्याजको मूल्य झनै बढ्नसक्ने तथ्यांकले देखाएको छ । अगस्टमा संघीय सरकारले मूल्य नियन्त्रणका लागि स्टक प्याज निकालेको थियो ।

जुन महिनामा भारतमा टमाटरको मूल्य महंगिएको थियो । भारतका प्रमुख बजारमा टमाटरको खुद्रा मूल्य प्रतिकिलो ३ अमेरिकी डलरसम्म पुगेको थियो ।

प्रतिकृया दिनुहोस्