- समाचार यात्रा
- १ साल अघि
- 164 जनाले पढ़िसके

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौं विश्वविद्यालयबाट पिएचडीका लागि फेलोसिप पाएका छन् ।
शनिबार सामाजिक सञ्जाल माफ्त उनले सो जानकारी दिएका हुन् । उनले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवास् सम्पदा संरचनाको संरक्षण विषयमा पिएचडी गर्न लागेका हुन् ।
प्रमुख शाहले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए ।