- समाचार यात्रा
- २ साल अघि
- 100 जनाले पढ़िसके

काठमाडौं । नेकपा (एमाले)का सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख भएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन् ।
कांग्रेसको तर्फबाट उम्मेदवार भएकी ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गरेकी थिइन् । हाल बहाल रहेको २६८ मध्य बहुमत प्राप्त गरी घिमिरे सभामुखमा निर्वाचित भएका सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गरेका थिए ।
नवनिर्वाचित सभामुख यसअघि २०५६ सालमा राष्ट्रियसभाको सांसद भएका थिए । एमाले स्थायी कमिटीका सदस्य समेत रहेका उनी झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।