किसानहरुलाई कृषि तथा पशुपालन सम्बन्धी तालिम र पशुस्वास्थ्य शिविर

  • समाचार यात्रा
  • १ साल अघि
  • 59 जनाले पढ़िसके

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका किसानहरुलाई व्यवसायिक कृषि तथा पशुपंक्षी पालन सम्बन्धी तालिम प्रदान गरिएको छ ।

हामी सबैको कृषि तथा बहुउद्देश्य सहकारी संस्था र त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर २ को संयुक्त आयोजनामा कृषकहरुलाई तालिम दिनुका साथै पशुस्वास्थ्य शिविर संचालन गरिएको हो ।

आइतबार र सोमबार संचालन भएको तालिममा गाउँपालिकाभित्र कृषि पेशा र पशुपालन गर्दै आएका एक सय २५ कृषकहरु सहभागी थिए । शिविरमा भैंसी, बाख्रा, बंगुर, कुखुराको स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरिएको छ ।

सुनौला बजारस्थित कर्णेश्वर प्राविधिक विद्यालय र त्रिपुरासुन्दरी गाउँपालिकाको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरमा नेपाल पशु स्वास्थ्य प्राधिकरण संघले औषधि सहयोग गरेको सहकारीका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्